त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ ।
सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना
गोरखापत्रमा प्रकाशित मिति: २०८२।०३।२९
यस अस्पतालका लागि आवश्यक तपसिल अनुसारिका सामानहरू खरिद गर्नको लागी सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) अह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले हिमालयन बैंक लि.. महाराजगञ्ज, काठमाडौँको चल्तो हिसाब नं. (खाता नं. ००२००५५३६५००१८) मा रकम रु ३,०००/- जम्मा गरी (फिता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले बोलपत्र फारम खरिद गरेको सक्कल भौचर र सक्कल बिडवन्ड लिई आउनुहुन अनुरोध छ ।
