त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज
सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना
प्रकाशित मिति : २०८२|०३|१५
यस अस्पतालका लागि निम्नानुसारका औषधि तथा औषधिजन्य सामग्रीहरू खरिद गर्नका लागि सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजत प्राप्त फर्महरूले हिमालयन बैंक लि. महाराजगञ्ज शाखाको चल्ती (खाता नं.) ००२००५५३६५००१८ मा रकम जम्मा गरी (फिर्ता नहुने गरी) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शाखा (क) मा सम्पर्क राख्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।
