नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
राष्ट्रिय ट्रमा सेन्टर
महांकाल काठमाडौं विधुतीय बोलपत्र (e-bidding) आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति:२०७९/१/२८ गते)
चालु आ.ब. २०७८/०७९ मा यस अस्पतालको लागि आवश्यक पर्ने तपसिल बमोजिमका मेडिकल औजार/उपकरणहरु विधुतीय बोलपत्रको माध्यम (e-bidding) बाट खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म/कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. बोलपत्र ई-विडिङ्गका माध्यमबाट मात्र खरिद तथा दर्ता गर्नुपर्ने भएकोले www.bolpatra.gov.np/egp मा गई बोलपत्रदाताले आफ्नो सम्पूर्ण विवरण भरि अपलोडएबलबाट बोलपत्र दर्ता गराउनु पर्नेछ । ई-विडिङ्गका माध्यमबाट बोलपत्रमा भाग लिने बोलपत्रदाताले अनिवार्य रुपमा निम्नानुसारका कागजातहरु स्क्यान गरी पेश गर्नुपर्नेछ।
क) व्यवसाय संचालन गर्न पाउने ईजाजत पत्र ख) आयकर दर्ता प्रमाणपत्र ग) मुल्य अभिवृद्धि कर प्रमाणपत्र घ) आ.व. २०७८/०७९ को लागि | नविकरण गरिएको प्रमाणपत्र तथा आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाणपत्र ङ) बोलपत्र फाराम दस्तुर वापतको माथि उल्लेखित रकम फाराम दस्तुर (फिर्ता नहुने) राष्ट्रिय ट्रमा सेन्टरको नाममा रहेको नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड, न्यूरोड शाखाको चल्ती खाता नं. ७०१०२०२५७०३९ मा जम्मा गरेको बैंक भौचर च) Manufacturer's Authorization Letter छ) कम्तिमा १२० दिन म्याद भएको माथि उल्लेख भए बमोजिमको मान्यता प्राप्त वाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको बैंक जमानी (विड वन्ड) वा बोलपत्र जमानत वापत नगदै राख्न चाहने बोलपत्रदाताहरुले राष्ट्रिय ट्रमा सेन्टरको नाममा जम्मा हने गरी कोष तथा लेखा नियन्त्रक कार्यालय, काठमाण्डौको राष्ट्रिय बाणिज्य बैंक, टेक शाखामा रहेको धरौटी खाता नं. १७००१००१०२०३०००० (अस्पतालको कोड नं. ३७०००३५१०) मा जम्मा गरी सो को सक्कलै भौचर संलग्न राखी पेश गर्नुपर्ने छ।ज) बोलपत्रमा भाग लिन चाहने बोलपत्रदाताले कुनै संशोधन गर्न चाहेमा वा बोलपत्र फिर्ता लिन चाहेमा बोलपत्र दर्ता गर्ने अन्तिम समयभन्दा २४ घण्टा अगावै जानकारी गराउनु पर्नेछ।
२. दाखिला भएका बोलपत्रहरु सूचनामा उल्लेखित मिति र समयमा यस अस्पतालमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न बाधा पर्ने छैन। बोलपत्र सम्बन्धी कागजात खरिद गर्ने अन्तिम दिन, दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक बिदा परेमा सो सम्बन्धी कार्यहरु कार्यालय खुलेको दिनबाट क्रमशः सोही समयमा गरिने छ।
३. रित नपुगि तथा तोकिएको समय सिमाभित्र दर्ता हुन नआएका बोलपत्र उपर कुनै कार्बाही गरिने छैन।
४. यो सूचना तथा यस सूचना सम्बन्धि सम्पूर्ण जानकारीमा यस अस्पतालको पूर्ण अधिकार रहनेछ।
५. यस सूचनामा उल्लेख भएका विषयहरु सूचना बमोजिम र उल्लेख नभएका विषयहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र प्रचलित कानून अनुसार हुनेछ।
नोटः
यो सूचना तथा यस सूचना सम्बन्धि अन्य जानकारी यस अस्पतालको Website: www.nationaltraumacenter.gov.np बाट पनि प्राप्त गर्न सकिने छ । साथै कार्यालय समय भित्र यस अस्पतालको फोन नं. ०१४२२४९२८ मा सम्पर्क गरी विस्तृत रुपमा बुझ्न र लिन सकिने छ।