सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२/०३/१९ गते
WELT HUNGER HILFE (WHH) को आर्थिक सहयोगमा जानकी महिला जागरण समाज (JWAS ), आसमान नेपाल, र PAC Nepal को सहकार्यमा धनुषा जिल्लाको ३ वटा स्थानीय तहहरुमा ( गणेशमान चारनाथ न. पा., शहिदनगर न.पा. तथा जनकनन्दनी गा.पा.) संचालित प्रकृतिमा आधारित स्थानीय कृषि खाद्य प्रणालीका लागि नागरिक समाज Civil society for nature-based local agri- food-systems (CS4FS) कार्यक्रममा आवद्व किसानहरुका लागी फलफुलका बिरुवाहरु मार्फत कृषि वन प्रवर्द्धन तथा आयआर्जनमा सहयोग गर्नका निम्ति यस संस्थालाई यसै सूचना बमोजिमको बोलपत्र आह्वान सम्बन्धी दस्तावेज Terms of Reference (ToR) मा उल्लेख भएका फलफुलका बिरुवाहरु आवश्यक्ता भएकोले सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला नर्सरी, फर्म, वा सो सम्बन्धि व्यवसाय गर्ने कम्पनीहरूबाट यस संस्थाले जारी गरेको बोलपत्र आह्वान सम्बन्धी दस्तावेज Terms of Reference (ToR) मा उल्लेखित कार्यालयको ठेगानामा प्राप्त हुने गरी नर्सरी / फर्म/कम्पनीहरूको विवरणका साथै सिलबन्दी बोलपत्र आवेदन आगामी मिति २०८२ असार ३२ गते कार्यालय समय दिनको ०५:०० बजेभित्र यस कार्यालयमा प्राप्त हुने गरी पेश गर्नका लागि आह्वान गर्दछौं ।
बोलपत्र आवेदनका लागि इच्छुक नर्सरी, फर्म/कम्पनीले यस संस्थाका लागि आवश्यक फलफुलका बिरुवाहरुको विवरण लगायत अन्य जानकारी सहितको बोलपत्र सम्बन्धि पूर्ण दस्ताबेज Terms of Reference (ToR) र यससँग सम्बन्धित अन्य कागजात तथा जानकारीको विवरण प्राप्त गर्न यस संस्थाको [email protected] इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।