Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : Jul 08, 2025
Deadline : July 23, 2025, noon

नागरिक उड्डयन स्वास्थ्य सुपरीवेक्षक (Civil Aviation Medical Assessor) को लागि दरखास्त आह्वान

नेपाल नागरिक उड्डयन प्राधिकरण
फ्लाईट सेफ्टी स्ट्याण्डर्डस विभाग

नागरिक उड्डयन स्वास्थ्य सुपरीवेक्षक (Civil Aviation Medical Assessor) को लागि दरखास्त आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२।०३।२४ )

व्यक्तिगत ईजाजतपत्रको लागि आवश्यक स्वास्थ्य सम्बन्धी योग्यता प्रमाणित गर्नका लागि नागरिक उड्डयन स्वास्थ्य सुपरीवेक्षक (Civil Aviation Medical Assessor) आवश्यक भएकोले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका र यस प्राधिकरणबाट जारी भएको Medical Requirements ( 5th Edition) मा उल्लेखित योग्यता, अनुभव तथा तालिम प्राप्त भएका चिकित्सकहरूबाट दरखास्त दिनका लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस विभागमा | आईपुग्ने गरि आफ्नो योग्यता, अनुभव, तालिम सम्बन्धि कागजातहरू (CV Bio Data) सहित दरखास्त पेश गर्नुहुन अनुरोध गरिन्छ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा लगतै कार्यालय खुलेको दिन दरखास्त पेश गर्न सकिनेछ । साथै म्याद नाघि वा रित नपुगि प्राप्त भएका दरखास्त उपर कुनै कारवाही हुने छैन । प्राप्त भएको दरखास्त स्वीकृत गर्ने/नगर्ने सम्बन्धि सर्वाधिकार यस विभागमा निहित रहनेछ । यस सम्बन्धि थप | जानकारीको लागि यस विभागको प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ । मेडिकल रिक्वायरमेन्टको लागि यस विभागको वेवसाइट flightsafety.caanepal.gov.np मा हेर्न सकिनेछ ।

प्रशासन शाखा सिनामंगल, काठमाडौं ।


Search, Apply & Get Job: FREE