Newspaper Tender

Source: Butwal Today

Tender Category : NGO / INGO/ Social Work
Published Date : Jul 10, 2025
Deadline : July 25, 2025, 5 p.m.

Call For Expression Of Interest (EOI) For Engagement Of Local Entrepreneurs

आशय पत्र (Expression of Interest) पेश गर्ने सम्बन्धमा । 

तेस्रो पटक प्रकाशित सूचना प्रकाशन मिति २०८२ / ०३ / २७

उपरोक्त सम्बन्धमा यस विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह ( फरवार्ड) नेपाल, कालिका स्वावलम्बन सामाजिक केन्द्र, र वेल्टहन्गरहिल्फे (Welthungerhilfe) को संयुक्त साझेदारीमा सञ्चालित सुधारिएको खाद्य प्रणाली र समान जीविकोपार्जनका अवसरहरू प्रवर्द्धनका लागि नागरिक समाज ( NPL 1083-22) परियोजना अन्तरर्गत स्थानिय उद्यमीहरूलाई प्रभावकारी रूपमा संग्लन गराउदै उनीहरूको सीप विकश गर्न सक्षम बनाउने र स्थानियस्थारमा आर्थिक विकासलाई प्रवर्द्धन गर्दै रोजगारीका अवसरहरू सिर्जना गर्ने आद्देश्यले परियोजनाको कार्यक्षेत्र यशोधरा गाउँपालिका भित्र रहेका उद्यमीहरूबाट आशय पत्र (EOI) माग गरिन्छ। यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र अर्थात् मिति २०८२/०४/०९ गते तदानुसार २५ जुलाई २०२५ बेलुका ४:०० बजे भित्र उक्त प्रविधिक प्रस्तावना पत्र र आर्थिक प्रस्ताना फरवार्ड नेपालको परियोजना कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा पठाउनु हुन अनुरोध छ। प्रस्तावना पत्रको फारम तथा प्रस्तावना सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको परियोजना कार्यालय वा संस्थाको [email protected] मा ईमेल मार्फत मिति २०८२ श्रावण ०७ गते ( बेलुका ३:०० बजे) भित्र माग गर्न सकिनेछ ।

नोट: आशय पत्र निम्न शर्तहरूको आधारमा उपलब्ध गराउनु पर्नेछ ।

  • आशय पत्र सम्बन्धि कुनै कुरा स्पष्ट नभएमा शाखा कार्यालय कपिलवस्तु न. पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न/ राख्न सकिने छ ।
  • आशय पत्रमा प्रबिधिक तथा आर्थिक प्रस्तावना छुटै समाबेश गनु पर्ने छ । आर्थिक प्रस्तावना परिवर्तन गर्ने सम्बन्धमा कुनै सर्त राख्न पाइने छैन ।
  • कति जनालाई रोजगार दिन सकिन्छ सो कुराको उल्लेख गनुपर्ने ।
  • दर्ता भएका फर्मको सम्बन्धमा फर्म दर्ता, PAN/VAT मा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपिका साथै २०८०/८१ को कर चुत्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य साथै फर्म संचालन गर्न आवश्यक पर्ने अन्य कागजातहरूको प्रतिलिपी अनिवार्य कोटेशनसँगै राखि उपलब्ध गराउनु पर्नेछ ।
  • • दर्ता नभएका फर्मको सम्बन्धमा, कहिले सम्मा दर्ता गर्न सकिन्छ त्यसको लिखित प्रतिबद्धता पत्र पेश गनु पर्ने छ । 
  • आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस फरवार्ड नेपालमा सुरक्षित रहनेछ । 
  • निर्धारित समयभित्र प्राप्त भएका आशय पत्र हरू संस्थाको नियमानुसार खोलिनेछ ।

फरवार्ड नेपाल
केन्द्रिय कार्यालय, भरतपुर म.न.पा.१. क्षेत्रपुर, चितवन
परियोजना कार्यालय कपिलवस्तु न. पा. ३. कालिका गाउं, तौलिहवा 
फोन नं.: ०५६-५१७६२३/३१७७३४
Website: www.forwardnepal.org


Search, Apply & Get Job: FREE