नेपाल नागरिक उड्डयन प्राधिकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचर, काठमाण्डौं
बोलपत्र आब्हानको सूचना
सूचना नं. १३ २०८१ २०८२
( पहिलो पटक प्रकाशित मिति २०८१।०६।२०)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ अध्यागमन परिसरमा रा.बा. बैक नजिकै पूर्व तिर तोकिएको स्थानमा प्रत्येक ए.टी.एमको लागी ३.०१ व.मि. क्षेत्रफलको दरले जम्मा ६.०२ वर्ग मिटर क्षेत्रफलमा मात्र २ (दुई) वटा फरक फरक बैंकको ATM खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ५ (पाँच) वर्षको लागी आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैक बाट “क” वर्गको मान्यता प्राप्त गरेको ईच्छुक बैंकले प्रचलित कानूनको अधिनमा रही बोलपत्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । यो सूचनाको विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाईट www.caanepal.gov.np र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको वेवसाइट www.tiairport.com.np मा राखिएको छ । साथै कार्यालयको फोन नं. ०१-४११३०३३ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सकिने छ ।