Newspaper Tender

Source: Annapurna Post

Tender Category : Auction
Type : Auction
Published Date : Mar 26, 2021
Deadline : April 29, 2021, noon
Type : Auction
Views : 444

अचल सम्पत्ति (जग्गा) विक्री गर्न

अँचो पैचो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा रहेको अचल सम्पत्ति जग्गा) लिलाम विक्री गर्न गोप्य शिलवन्दी आव्हान गरिएको सूचना
प्रथम पटक प्रकाशित मिति: २०७७/१२/१३ 

यस संस्थाको नाउँमा मालपोत कार्यालय नवलपरासीमा दर्ता श्रेस्ता कायम रहेको तपसिलमा उल्लेखित अचल सम्पत्ति (जग्गा) जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलवन्दी बोलपत्रद्धारा विक्रि गरिने हुँदा यो गोप्य शिलवन्दी बोलपत्र आव्हान गरिएकोछ । सो अचल सम्पत्ति (जग्गा खरिद गरी लिन ईच्छक महानुभावले देहायका शर्तहरुको अधीनमा रही गोप्य शिलवन्दी बोलपत्र पेश गर्नु हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ।

बोलपत्रका शर्तहरु: 

१. बोलपत्र फाराम अँचो पैचो वचत तथा ऋण सहकारी लि को कार्यालयबाट कार्यालय समय भित्र रु.१०००।- (अक्षरेपी एक हजार मात्र फिर्ता नहुने गरी तिरी प्राप्त गर्न सकिनेछ । 

२. गोप्य शिलवन्दी वोलपत्र मिति २०७८/०१/१६ गतेसम्म यस संस्थाको कार्यालय कालिमाटी, काठमाडौंमा कार्यालय समय भित्र प्राप्त भई सक्नु पर्नेछ । 

३. मिति २०७८/०१/१७ गते दिनको १:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधि र अन्य प्रतिनिधिहरुको रोहवरमा बोलपत्र यस संस्थाको कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थितिले मात्र वोलपत्र खोल्न वाधा पुग्ने छैन । 

४. बोलपत्रमा आफले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा सकार गरी लिन चाहेको हो ? अंक तथा अक्षरमा स्पष्ट रुपमा लेखिएको हुनु पर्नेछ र आफूले कवुल गरेको र कमको १० (दश) प्रतिशतका दरले हुने रकम संस्थाले तोकेको बैंकमा धरौटीको रुपमा जम्मा गर्नु पर्नेछ र बैंक भौचर वोलपत्रको साथमा संलग्न गरेको हुनु पर्नेछ । सो वाहेक अन्य प्रकारको धरौटी स्वीकार गरिने छैन । सो धरौटी वापत बुझाएको रकम वापतको व्याज पाउने छैन । साथै लिलाम सदर बदरको निर्णय नभएसम्म धरौटी वापतको रकम फिर्ता माग गर्न पाइने छैन । 

५. बोलपत्र बुझाउने अन्तिम दिन वा बोलपत्र खोलिने दिन विदा परेमा विदाको लगतै संस्था खुलेको दिनमा वोलपत्र बुझाउन सकिनेछ र बोलपत्र खोलिनेछ । 

६. विक्री चल अचल सम्पत्तिहरु ब्यक्ति वा कम्पनीले एक्लै वा संयुक्त नाउमा पनि खरिद गर्न सक्ने गरी बोलपत्र पेश गर्न सकिनेछ । 

७. व्यक्तिले खरिद गर्ने भए नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फर्म/कम्पनी/संस्थाले खरिद गर्ने भए सो फर्म/कम्पनी/संस्था दर्ता तथा आयकर (पान) दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र निर्णयको प्रतिलिपि पेश गर्नु पर्नेछ । 

८. बोलपत्र फारममा आवश्यक विवरण खुलाई खामबन्दी सिलबन्दी गरी खाम बाहिर "चल/ अचल सम्पत्ति (घर जग्गा विक्री सम्बन्धी गोप्य शिलबन्दी” उल्लेख भएको हुनु पर्नेछ । 

९. म्याद नाघि वा रित नपुगी आएको वा शर्त राखी दिएको वोलपत्र उपर कुनै कारवाही गरिने छैन । 

१०. स्वीकृत बोलपत्र व्यक्ति वा कम्पनीबाट सकार गरेको रकमको वाकी ९०% प्रतिशत रकम ७ (सात) दिनभित्र संस्थामा बुझाई सक्नुपर्नेछ। 

११. सबैभन्दा वढी अंक बोलकवोल गर्ने व्यक्ति वा (कम्पनी संस्थाको वोलपत्र स्वीकार गरिनेछ । तर प्राप्त बोलपत्र कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने नगर्ने वा रद्द गर्ने वा नेगोसियशन गर्ने वा कुनै पनि अवस्थामा बिक्री प्रकृया रद्द गर्ने आदि सम्पूर्ण अधिकार सस्थामा सुरक्षित रहनेछ। 

१२. बोलपत्र स्वीकृत भएको जानकारी लिन बोलपत्रदाता स्वयं वा निजको आधिकारीक प्रतिनिधि संस्थामा उपस्थित हुनु पर्नेछ । अन्यथा बोलपत्रदातलाई हुलाक/ करियर फ्याक्स वा अन्य विद्युत्तीय माध्यमबाट समेत जानकारी पठाइनेछ । 

१३. ईच्छक खरिदकर्ताले खरिद गर्न चाहेको चल अचल सम्पत्ति (घर जग्गा) जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा खरिद गर्नु पर्नेछ । संस्थासँग पछि कुनै कैफियत देखाउन वा दावी गर्न पाईने छैन।

१४. बोलपत्रमा उल्लेख गरेको ब्यक्ति वा कम्पनी बाहेक अन्य व्यक्ति वा कम्पनीको नाममा उक्त सम्पत्तिको स्वामित्व तथा भोगाधिकार हक हस्तान्तरण गरिने छैन । 

१५. स्वीकृत बोलपत्र अनुसार खरिदकर्ताले जग्गा आफ्नो नाममा हक हस्तान्तरण गर्दा नियमानुसार लाग्ने नेपाल सरकारको लाभकर दस्तुर, रजिष्ट्रेशन दस्तुर, सम्पत्ति कर, स्थानीय कर, धारा/ विजुली शुल्क, अन्य कर तथा शुल्क (बाँकी बक्यौता समेत), सम्पूर्ण दायित्व समेत सम्पूर्ण खर्च खरीदकर्ताले नै व्यहोर्नु पर्नेछ । 

अँचो पैचो वचत तथा ऋण सहकारी संस्था लिमिटेड 
कालिमाटी, काठमाडौं। 
सम्पर्क फोन नं. ०१-५१६५०२१, ५१६५२४६


Search, Apply & Get Job: FREE