यस संस्थाको गैर वित्तीय अचल सम्पत्ति लिलाम बिक्रि सम्बन्धि गोप्य बोलपत्र (शिल्ड टेण्डर आहृवान
अन्नपूर्ण राष्ट्रिय दैनिकमा सूचना प्रकाशित मिति २०७४/०४/३२ गते आइतबार
यस संस्थाको नाममा दर्ता कायम रहेका तपशिलमा उल्लेखित अचल सम्पत्ति जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बढाबढ मुल्यमा बिक्री गर्न आवश्यक भएको हुनाले उक्त जग्गा खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले (३५) पैतिस दिन भित्र कार्यालय समय भित्र यस संस्थाको केन्द्रिय कार्यालयमा आईपुग्ने गरी के कति दररेटमा उक्त जग्गा लिन कबुल गरेको हो सो खुलाई शर्त बन्देजहरुको अधिनमा रही सो सम्बन्धि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन इच्छुक सबैमा आह्वान गरिन्छ । उक्त अबधि भित्र पर्न आएका बोलपत्रहरु बोलपत्रदाता वा बोलपत्रदाताको आधिकारिक प्रतिनीधिहरुको रोहवरमा देहायको मिति, समय र स्थानमा खोलिने छ।
सम्पत्तिको विवरण:
१. मालपोत कार्यालय ललितपुरमा दर्ता श्रेस्ता कायम रहेको ललितपुर जिल्ला लुभ गा.बि.स. वडा नं. ८ कि नं क्रमस १३००, १६८४, १६८६, १६८७, १६८८, १६८९, १६९०, १६९१, १६९२, १६९३, १६९४ र १८१६ क्षेत्रफल क्रमस ०-१३-१-१,०-११-१-०,०-१२-०-२,०-१२-०-२,०-२-०-०,०-४-३-०,०-३-२-०,०-१२-२-०,०-५-२-०, १-०-३-०,०-५-३-० र ०-८-२-० जग्गा लगायत जग्गामा रहेको सम्पूर्ण लिग लिगापात समेत ।
२. मालपोत कार्यालय माडी चितवनमा दर्ता श्रेस्ता कायम रहेको चितवन जिल्ला अयोध्यापुरी गा.बि.स. वडा नं. ०३, कि नं. ३९१ क्षेत्रफल ०-९-५-० बिघा (ब.मि. ३१३२/३२) जग्गा लगायत जग्गामा रहेको सम्पूर्ण लिग लिगापात समेत।
टेण्डर खोलिने मिति : टेण्डर खोलिने मिति २०७७/०६/०४ गते, आइतवार
समय : ४:०० बजे
स्थान : केन्द्रीय कार्यालय जावलाखेल, ललितपुर ।
शर्त बन्देजहरू
१. बोलपत्र आवेदन फारम यस संस्थाका कार्यालयहरुबाट रु. ३००/- (पछि फिर्ता नहुने गरी) तिरी प्राप्त गर्न सकिनेछ।
२. बोलपत्र फारममा आफूले बोलकबुल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ।
३. माथि उल्लेखित गैर वित्तीय सम्पत्ति जे जस्तो अवस्था, स्थिति र परिणाममा छ सोही अवस्था, स्थिति र परिमाणका लागि मात्र बोलपत्र पेश गर्न सकिनेछ ।
४. बोलपत्र साथ आफूले कबुल गरेको रकमको कम्तीमा १० प्रतिशत रकम संस्थामा जम्मा गरेको रसिवको प्रतिलिपि पेश गर्नु पर्ने छ।
५. बोलपत्रमा बोलपत्रवाता व्यक्ति भए नागरिकता प्रमाण पत्रको प्रतिलिपी र फर्म, कम्पनी वा संस्था भएमा वर्ता प्रमाण पत्र तथा कर वर्ता प्रमाण पत्रको प्रतिलिपी पेश गर्न पर्ने छ।
६. बोलपत्र खोलिने दिनमा सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा सोही स्थान र समयमा बोलपत्र खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधीको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन।
७. माथि उल्लेखित अचल सम्पत्ति निरिक्षण गर्न चाहेमा बोलपत्र पेश गर्नु अगावै कार्यालय समय भित्र यस संस्थामा सम्पर्क राखि जे जस्तो अवस्थामा छ सोही अवस्थामा निरिक्षण गर्न सकिनेछ।
८. बोलपत्र स्वीकृती भएको सूचना पाएको मितिले ७ (सात) दिन भित्र बोलकबोल गरेको सम्पूर्ण रकम बुझाई सम्पत्ति आफ्नो नाममा नामसारी गरी लिनुपर्ने छ । सो म्यार भित्र रकम जम्मा नगर्नु भएमा बोलपत्र रद्द भई धरौटी रकम स्वत. जफत हुनेछ ।
९. स्वीकृती भएको बोलपत्र अनुसारको सम्पत्ति बोलपत्रदाताको नाममा नामसारी दाखिल खारेज गर्दा लाग्ने रजिष्ट्रेशन वस्तुर, कर तथा अन्य शुल्क इत्यावी बोलपत्रवाताले नै बेहोर्नु पर्ने छ।
१०. बोलपत्र दाखिल भैसकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तमा कुनै हेरफेर हुने छैन । साथै बोलपत्र स्वीकृत वा अस्वीकृत हुने टुङ्गो नलागेसम्म धरौटी रकम फिर्ता दिईने छैन । अस्वीकृत धरौटी रकमको ब्याज दिईने छैन ।
११. कुनै शर्त राखि पेश गरिएको वा रित नपुगी वा म्यान नाघि पेश हुन आएको बोलपत्र स्वत रद्द हुनेछ ।
१२. बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा नै सुरक्षीत हुनेछ ।
KALYAN UPAKAR SAVING & CREDIT CO-OPERATIVE LTD.
केन्द्रीय कार्यालय: जावलाखेल-१३, ललितपुर, फोन : ५५५५६४६, ५५५५९१५, फ्याक्स नं.५५५४०००
सेवा केन्द्रहरु : » गोंगबु-२९ काठमाडौं ) नयाँ बानेश्वर-३४ काठमाडौं » कमलविनायक -४ भक्तपुर
साविक कल्याण से.ए.के को-अप.लि., ललितपुर र उपकार से.ए.के, को-अप. लि., काठमाडौं एकिकरण भएको संस्था