त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यकारी निर्देशक र नर्सिङ स्टाफ आवास गृह भत्काउने कार्यका लागि दरभाउपत्र आह्वान

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज,
दरभाउपत्र आह्वान गरिएको सूचना
पहिलो पटक प्रकाशित मिति २०८२|०६|२४

यस अस्पतालको कार्यकारी निर्देशक- १ वटा, नर्सिङ निर्देशकको आवास गृह - १ वटा, नर्सिङ स्टाफ बस्ने आवास गृह- २ वटा भत्काउन न्यूनतम मूल्याङ्कित दररेटमा बढाबढ दररेट पेश गर्ने गरी दरभाउपत्र आह्वान गरिएको छ । दरभाउपत्र खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले आवश्यक कागजात सहित हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब खाता नं. ००२००५५३६५००१८ मा रु. १,०००।०० (एक हजार मात्र) को रकम जम्मा गरी (फिर्ता नहुने गरी) यस अस्पतालको योजना, निर्माण तथा कार्यक्रम शाखाबाट दरभाउपत्र फाराम खरिद गरी पेश गर्न सकिनेछ । दरभाउपत्र खोल्ने बैठकमा उपस्थित दरभाउपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले दरभाउपत्र फाराम खरिद गरेको सक्कल भौचर र बिडबन्ड लिई आउनुहुन अनुरोध छ । साथै, छनोटमा पर्ने दरभाउपत्र दाताहरूले सम्झौता गर्दा निजले कबोल गरेको रकम यस अस्पतालको हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँमा रहेको चल्तो हिसाब खाता नं. ००२००५५३६५००१८ मा जम्मा गरो सम्झौता गर्नुपर्नेछ ।


Search, Apply & Get Job: FREE