Newspaper Tender

Source: Janakpur Today

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Sep 28, 2025
Deadline : Oct. 13, 2025, noon
Type : Bolpatra

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषामा क्यान्टिन सञ्चालनको लागि बोलपत्र आव्हान

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान 
प्रादेशिक अस्पताल
मधेश प्रदेश, जनकपुरधाम, धनुषा

चमेना गृह (Canteen) संचालन गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना |

सुचना नं. MIHS / HC /SQ/2082-083/01 
प्रकाशित मिति २०८२/०६/१२

यस प्रतिष्ठानको अस्पतालमा चमेना गृह सिलबन्दी दरभाउपत्रको माध्यमबाट व्यक्ति / फर्म कम्पनी वा संस्था छनौट गरी सञ्चालन गर्नुपर्ने भएकोले निम्न शर्तहरुको अधीनमा रही सिलबन्दी दरभाउपत्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. इच्छुक दरभाउपत्रदाताहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको १५ औं दिन सम्म कार्यालय समय भित्र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको लक्ष्मी सनराईज बैंक लिमिटेड, भानु चौक, जनकपुर स्थित आम्दानी खाता नं. १६८१६९९५३६०१११०१ मा रु.१०००/- (अक्षरेपी रु. एक हजार) जम्मा गरेको सक्कल बैंक भौचर फिर्ता नहुने गरि मिति २०८२/०६/२६ गते भित्र यस प्रतिष्ठानको प्रशासन शाखामा बुझाई बोलपत्र फाराम खरिद गर्न सकिनेछ । 

२. ईच्छुक दरभाउपत्रदाताहरुले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन शाखाबाट आवश्यक जानकारी हासिल गर्ने वा सिलबन्दी दरभाउपत्र फाराम खरिद गर्न सक्नेछन् ।

३. सिलबन्दी दरभाउपत्र पेश गर्दा फर्म दर्ता / नवीकरण भएको प्रमाणपत्र, प्यान / मू.अ.कर दर्ताको प्रमाण पत्र र आ.व. २०८०/०८१ वा आ.व. २०८१/०८२ सम्मको कर चुक्ताको प्रमाणित प्रतिलिपी समेत साथै राखी पेश गर्नुपर्नेछ । 

४. सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १६ औं दिन मिति २०८२/०६/२७ गतेको १२:०० बजे भित्र यस प्रतिष्ठानमा दर्ता गराई सक्नुपर्नेछ ।

५. प्राप्त भएका सिलबन्दी दरभाउपत्रहरु १६ औं दिन मिति २०८२/०६/२७ गतेको २:०० बजे उपस्थित भएका दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहवरमा यस प्रतिष्ठानमा खोलिनेछ । तर दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मात्र दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

६. दरभाउपत्रदाताले दरभाउपत्रसाथ जमानत वापत रु.१०००००/- (अक्षरेपी रु. एक लाख मात्र) लक्ष्मी सनराईज बैंक, भानु चौक, जनकपुर स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको धरौटी खाता नं. १६८१६९९५४००१११०३ म जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल सरकारबाट मान्यता प्राप्त बाणिज्य बैंकको कम्तीमा ७५ (पचहत्तर) दिन म्याद भएको बो लपत्र जमानत पेश गर्नुपर्नेछ।

७. सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको लगत्तै कार्यालय खुले को दिन सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोलिनेछ ।

८. सिलबन्दी दरभाउपत्रदाताले फाराम भर्दा राम्ररी अध्ययन गरी सच्याएको ठाउँमा र प्रत्येक पानामा आफूले हस्ताक्षर गरी आफ्नो फर्मको छाप समेत लगाउनु पर्नेछ ।

९. नेपाल सरकारले निषेध गरेको प्लाष्टिकको झोला प्रयोग गर्न र बाल श्रमिकको प्रयोग गर्न पाउने छैन ।

१०. दरभाउपत्र स्वीकृत भएको जानकारी पाएको मितिले ७ (सात) दिन भित्र सम्बन्धित दरभाउपत्रदाता आफै प्रतिष्ठानमा उपस्थित भई सम्झौता गर्नु पर्नेछ । सो समय भित्र सम्झौता गर्न नआएमा उक्त दरभाउपत्रदाताले जम्मा गरेको धरौटी रकम जफत गरी अन्य दरभाउपत्रदातासंग सम्झौता गर्न सकिनेछ ।

११. अस्पताल क्वान्टिनमा धुम्रपान, मधपान तथा अन्य प्रतिबन्धीत पदार्थहरु विक्रि वितरण गर्न पाइने छैन ।

१२. अस्पतालले स्वीकृत गरेको दरभाउमा अस्पतालको विरामी कुरुवा तथा कर्मचारीहरुलाई खाना, खाजा, चिया तथा अन्य खाने सामग्री उपलब्ध गराउनु पर्नेछ ।

१३. क्यान्टिनमा प्रयोग हुने खानेपानी, विजुली महसुल क्यान्टिन संचालकले आफै व्यवस्था गर्नु पर्नेछ । साथै क्यान्टिन कोठालाई पार्टिशन गर्नुपर्ने अवस्था आएमा क्यान्टिन संचालकले आफ्नै खर्चमा गर्नु पर्नेछ ।

१४. प्रतिष्ठानबाट चमेना गृह संचालन गर्न भवन र सो ले चर्चेको जग्गा उपलब्ध गराउनेछ र सो वापतको भाडा न्यूनतम रु.७५०००/- (अक्षरेपी रु. पचहत्तर हजार मात्र) मासिक तिर्नुपर्नेछ ।

१५. चमेना गृह संचालन गरेपछि प्रतिष्ठानको निर्देशानुसार खाद्य परिकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट परीक्षण गराई सो को प्रतिवेदन प्रतिष्ठानमा पेश गर्नु पर्नेछ ।

१६. दरभाउ पत्र साथ संलग्न मूल्य सुचीकै मूल्यमा खाजा, खाना, चिया तथा अन्य खाने परिकार उपलब्ध गराउछु भन्ने मज्जुरी पत्र पेश गर्नु पर्नेछ ।

१७. क्यान्टिन / चमेना गृहमा कामकाज गर्ने कर्मचारीहरुको स्वास्थ्य परिक्षण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन बमो जिम प्रतिष्ठानमा बुझाउनु पर्नेछ ।

१८. चमेना गृहमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु प्रतिष्ठानले तोकेको पोशाक लगाउनु पर्नेछ ।

१९. दरभाउपत्रदाताले खाद्य परिकारहरुको दररेट यस प्रतिष्ठानले उपलब्ध गराएको दररेटको सिमा भित्र भर्नु पर्नेछ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
जनकपुरधाम, धनुषा


Search, Apply & Get Job: FREE