त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ ।
सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना ।
गोरखापत्रमा प्रकाशित मिति : २०८२।०६।०५
यस अस्पतालको पूर्वस्वीकृत ठाउँहरूमा Cafe र Dry Cafe सञ्चालन गर्नका लागि सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब नं. (खाता नं. ००२००५५३६५००१८) मा रकम रु.३,०००।- जम्मा गरी (फिर्ता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।
