बाह्रदशी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चकचकी, झापा
कोशी प्रदेश, नेपाल
नदीजन्य पदार्थको बिक्रीका लागी शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मिति: २०८२/०५/१२
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२(क) र यस बाह्रदशी गाउँपालिकाको आर्थिक ऐन, २०५२ को दफा १७ को व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदीको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी यस गाउँपलिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा कम्पनीहरूले फर्मको नवीकरण भएको प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र, आ. व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र (आ. व. २०८०/८१ को पेश गरे पनि पुग्ने र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही शिलवन्दी दरभाउपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सवैको जानकारीको लागी यो सूचना (E-Bid or Hardcopy bid) प्रकाशन गरिएको छ ।
तपसिल :-

शर्तहरू:
(१) योग्य शिलबन्दी दरभाउपत्रदाताहरूले यस सम्बन्धी थप जानकारीको लागि बाह्रदशी गाउँ कार्यपालिकाको कार्यालय, चकचकी, झापामा वा ९८१६९३८७७६ वा [email protected] मा सम्पर्क राख्न सक्नेछन् ।
२) योग्य शिलबन्दी दरभाउपत्रदाताहरूले शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरू www.bolpatra.gov.np/egp वा बाह्रदशी गाउँ कार्यपालिकाको कार्यालय, चकचकी, झापाबाट प्राप्त गर्न सक्नेछन्। शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातको दस्तुर रु १,००००० (फिर्ता नहुने यस कार्यालयको नाममा माछापुच्छे बैंक राजगढ स्थित रहेको खाता नं ०८२००८७०५००००११२ मा जम्मा गरी भौचर पेश गर्नु पर्नेछ ।
३) शिलबन्दी दरभाउपत्र दाखिला गर्ने शिलबन्दी दरभाउपत्रदाताले रु. ५३,००००० धरौटी यस कार्यालयको नाममा माछापुच्छे बैंक राजगढ स्थित रहेको धरौटी खाता नं ०८२००८७०५०००००६२ मा जम्मा गरी भौचर पेश गर्नु पर्ने छ वा मान्यता प्राप्त क वर्गको बैंक बाट यस कार्यालयको नाममा जारी भएको ७५ दिन म्याद (शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट भएको विडवण्ड धरौटी स्वरुप पेश गर्नु पर्नेछ ।
४) शिलबन्दी दरभाउपत्र मिति २०६२/०५/२७ गते दिनको १:०० बजे भित्र पेश गर्नु पर्नेछ। हिलो गरी प्राप्त शिलबन्दी दरभाउपत्र स्वीकार गरिने छैन ।
५) तोकिएको समयभित्र पेश भएका शिलबन्दी दरभाउपत्रहरु उपस्थित हुन चाहेका शिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा बाह्रदशी गाउंपालिकाको कार्यालयमा मिति २०८२/०५/२७ गते दिनको १.१५ बजे खोलिनेछ। शिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको खण्डमा शिलवन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
६) शिलबन्दी दरभाउपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खोल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा शिलबन्दी दरभाउपत्र पेश गर्ने र खोल्ने अन्तिम मिति कायम हुनेछ ।
गजेन्द्र थपलिया) प्रमुख प्रशासकीय अधिकृत