नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान उच्च पर्वतारोहण सम्बन्धि सामाग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आह्वान

नेपाल सरकार
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान 
( नेपाल माउन्टेन एकेडेमी)
थापागाउँ, बिजुलीबजार, काठमाडौं

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति २०८२।०५।११
सूचना नं.: NPP NCB 02 / 082-83

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा उच्च पर्वतारोहण सम्बन्धि सामाग्रीहरु खरिदका लागि इजाजत प्राप्त फर्म तथा कम्पनीहरुबाट रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ औ दिनसम्म यस कार्यालयबाट सिलबन्दी दरभाउपत्र सम्बन्धी डकुमेन्ट खरिद गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२ बजे भित्र सिलबन्दी दरभाउपत्र दाखिला गराई सक्नुपर्नेछ । थप जानकारी प्रतिष्ठानको सूचनापाटी र वेबसाइट www.nma.gov.np मा प्रकाशित गरिनेछ ।

कार्यकारी निर्देशक


Search, Apply & Get Job: FREE