भेडा तथा बाखाको लागि तयारी दाना (पेल्लेट) आपूर्ति तथा वितरणका लागि बोलपत्र आव्हान

नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद,
 भेडा तथा बांखा अनुसन्धान कार्यक्रम 
गुठीचौर, जुम्ला

Supply and delivery of Feed (Pellet) for animals at SGRP

प्रथम पटक प्रकाशित मिति: २०८२/०५/११

यस कार्यक्रमको आव २०८२/८३ मा भेडा तथा बाखाको लागि तयारी दाना सम्बन्धि विधुतीय माध्यमद्वारा दरभाउपत्र मार्फत खरिद गर्नु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त उत्पादक तथा अधिकृत विक्रेता फर्महरूबाट निम्नलिखित शर्तहरूको अधिनमा रोह विधुतीय माध्यमद्वारा दूरभाउपत्र आव्हान गरिन्छ । दरभाउपत्र सम्बन्धि कागजीत PPMO को वेबसाईट http://www.bolpatra.gov.np बाट डाउनलोड गरी E-bidding मार्फत पेश गर्नुहुन अनुरोध छ । अन्य थप जानकारीको लागि कार्यालय समय भित्र सम्पर्क राख्न सकिने छ । शर्तहरु

१) दरभाउपत्रको ग्राह्यताको आधार तथा त्यस्तो आधार प्रमाणित गर्न देहाय बमोजिमका कागजातहरु पेश गर्नु पर्नेछ ।

  • क) फर्म संस्था वा कम्पनि दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • ख) स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • ग) आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • घ) स्वघोषणा पत्र |

२) दरभाउपत्र खरिदको लागि माथि उल्लेखित कागजातहरु संलग्न राखि तर्पासल अनुसारको नगदै रकम जम्मा गरि तोकिएको समय भित्र खरिद तथा दरभाउपत्र दर्ता गरि सक्नु पर्नेछ ।

३) दरभाउपत्रमा दर उल्लेख गर्दा अंक र अक्षर दुवैमा स्पष्ट संग लेख्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको दररेटलाई मान्यता दिइने छ ।

(४) दरभाउपत्र खरिद दस्तुर बापतको रकम Rastriya Banijya Bank Ltd., Jumla Account No: 4030100000063001 Name of office: Bheda Tatha Bhakhra Anu Kendra, Guthichaur-04 Jumla मा नगदै दाखिला गरी सो को सक्कल बैंक भीचर दरभाउपत्र साथ पेश गर्नुपर्नेछ

५) विड जमानत रकम कोष तथा लेखा नियन्त्रक कार्यालय धरौटी खाता राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, जुम्लाको चल्ती खाता नं. ४०३०१००१०२०३०००० कार्यालय कोड २१२४१६२०४) मा नगर्द दाखिला वा वाणिज्य बैकहरुवाट यस कार्यक्रमको नाममा जारि भएको दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिले कम्तिमा दिन मान्य अवधि भएको सक्कल बैंक जमानत संलग्न राख्नु पर्नेछ ।

६) एक फर्मको नाममा खरिद भएको दरभाउपत्र अर्को फर्मको नामबाट दाखिला गर्न पाईने छैन ।

७) दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने दिन सार्वजनिक विदा पर्न गएमा सो लगते कार्यालय खुलेको दिनको क्रमस सोहि समयमा हुनेछ । 

८) कुनै पनि दरभाउपत्र स्वीकृत गर्ने आशिक स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यक्रमसंग सुरक्षित रहने छ ।

९) यो सूचना प्रकाशित भएको मिति देखि १६औं दिनको १२:०० बजे भित्र दरभाउपत्र E-bidding http://www.bolpatra.gov.np मार्फत पेश गर्नु पर्नेछ ।

१०) यो सूचनामा उल्लेख गरीए बाहेक अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानुन अनुसार हुनेछ ।

११) दरभाउपत्र सम्बन्धि अन्य कुराहरु बुझ्नु परेमा कार्यलय समयभित्र फो नं. ९८४७१६३३१७ मा सम्पर्क राख्न सक्नुहुनेछ ।


Search, Apply & Get Job: FREE