मधेश प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र
गौर, रौतहट
खामबन्दी प्रस्ताव आव्हान सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०५/११
यस कृषि ज्ञान केन्द्र रौतहटको आ.व. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरु संचालन गर्नु पर्ने भएकोले यस जिल्लाका इच्छुक लक्षित वर्गले आवेदन पेश गरेको कार्यक्रमको नाम स्पष्ट खुलाइ माँग गरिएको कागजात सहित प्रथम पटक प्रकाशित मितिले २१ औ दिन (२०८२/०५/३१ गते) कार्यालय समय भित्र यस कृषि ज्ञान केन्द्र रौतहटमा आवश्यक कागजातहरु सहितको खामबन्दी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । साथै यो सूचना सँग सम्बन्धि विस्तृत सूचना यस केन्द्रको सूचना पौटी तथा वेबसाईट https://akcrautahat.madhesh.gov.np मा हेर्न सकिनेछ । विस्तृत जानकारीको लागि ९८५५०४०१२९, ०५५५२०००१ मा सम्पर्क गर्न सकिनेछ ।
तपसिल:

नोटः अधिकत्तम अनुदान प्रकाशित कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८२ अनुसार हुनेछ । तथा अनुदानको सिमा उल्लेख नगरिएको हकमा कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ अनुसार हुनेछ। एक व्यक्ति / संस्थाले कुनै दुई कार्यक्रममा मात्र आवेदन गर्न सक्नेछ । गत बिगत दुई आ.व. भित्र कुनै वित्तिय अनुदान पाईसकेको व्यक्तीले / संस्थाले सोही विषयमा पुनः अनुदान पाउने छैन । झुटो बिबरण पेश गरेको प्रमाणित भएमा कानुनकै बेमोजिम आवेदन रद्द गरिनेछ । प्रस्ताव स्वीकृति गर्न सम्बन्धित सम्पूर्ण अधिकार यस ज्ञान केन्द्रमा रहने छ ।
नि. कार्यालय प्रमुख