द लेप्रोसी मिसन नेपाल
कुसृन्ति हाइट, ललितपुर, नेपाल
जग्गा खरिदको शिलबन्दी बोलपत्र आहवान सम्बन्धी सूचना
प्रकाशित मिति: २०८२/०५/०८
यस संस्थाको कार्यकारी समितीको निर्णय अनुसार संस्थाको उद्देश्य अनुरुप यस संस्थाको रिसर्च कार्यको लागि तपसिल बमोजिमको जग्गा खरिद गर्न आवश्यक भएकोले जग्गा बिक्री गर्न इच्छुक व्यक्ति / संघ संस्थाहरुबाट तपसिलमा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रही विक्री प्रस्ताव यस संस्थाको कार्यालय, द लेप्रोसी मिसन नेपाल, कुसुन्ति हाईट, ललितपुर मा मिति २०८२/०५/०८ देखि २०८२/०५/२२ गते ४ बजेभित्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१. इच्छुक व्यक्ति/ संघ संस्थाहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र बिक्री प्रस्ताव पेश गर्नु पर्नेछ। बिक्री प्रस्ताव पेश गर्ने अन्तिम दिन तथा खोलिने दिन सार्वजनिक बिदा पर्न गएमा सो विदाको भोलिपल्टलाई प्रस्ताव पेश गर्ने अन्तिम दिन तथा खोलिने दिन मानिनेछ । साथै सो प्रस्ताव पेश गर्ने अन्तिम दिनको भोलिपल्ट बिहान १० बजे यस संस्थाको केन्द्रिय कार्यालयमा खोलिने छ ।
२. प्रस्तावित जग्गा करिब ८ मिटरको मुख्य सडकसंग जोडिएको हुनुपर्नेछ ।
३. बिक्री गरिने जग्गा प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ । सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मुल्यलाई कायम गरिनेछ ।
४. उक्त जग्गाको कित्ता नं स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश गरिएको हुनुपर्नेछ ।
५. जग्गाको स्थान खुल्ने नक्सा (Location Map) र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्नुपर्नेछ ।
६. प्रस्तावित जग्गाको प्रमाणित रूपमा जग्गाधनीको आवेदन वा आवेदन दिन अख्तियारीनामा कागजात, जग्गाधनी प्रमाण पुजाको प्रतिलिपि, जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि चालू आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि संलग्न हुनु पर्नेछ ।
७. जग्गाधनी दर्ता प्रमाणपत्रमा उल्लेखित जग्गाको क्षेत्रफल र फिल्डमा मापन गर्दा उल्लेख भएको क्षेत्रफल मध्ये जुन कम हुन्छ, सोही क्षेत्रफल कायम गरिनेछ ।
८. संस्थागत जग्गाको हकमा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नु पर्नेछ ।
९. प्रस्ताव पेश गर्दा स्वाममा द लेप्रोसी मिसन नेपालका लागि जग्गा विक्री प्रस्ताव' उल्लेख गरी कुन स्थानको हो सो समेत खाममा खुलाएर लाहाछाप लगाई तोकिएको म्याद भित्र दिइएको ठेगानामा दर्ता गराउनु पर्नेछ ।
१०. प्रस्तावित जग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्दा मामिला नरहेको हुनु पर्नेछ र सोको स्वघोषणा पेश गर्नु पर्नेछ ।
११. प्रस्तुत जग्गाको कुनै पनि प्रकारको बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रूपमा रोक्का रहेको भए सो को सम्पूर्ण विवरण समेत पेश गर्नु पर्नेछ ।
१२ प्रस्तावित जग्गा खरिदको प्रक्रिया अगाडि बढाउने / नवाउने, खरिद गर्ने/नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।