व्यास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दमौली, तनहूँ
आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागी औषधी तथा सर्जिकल सामग्रीहरु खरिद सम्बन्धी विद्युतिय बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति :२०८२/०५/०५
आ.व. २०८२ / ०८३ मा यस कार्यालयको लागि आवश्यक विभिन्न आधारभूत तथा अत्यावश्यक औषधी तथा सर्जिकल सामग्रीहरु विद्युतिय बोलपत्र आव्हान गरि खरिद गर्नुपर्ने भएकाले विद्युतिय बोलपत्रमा सहभागि हुन इच्छुक कम्पनी / फर्मले चालु आ.व. २०८२ / ०८३ मा नविकरण भएको ईजाजत प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, आ.व. २०८० / ०८१ को करचुक्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपिहरुका साथ फाराम खरिद दस्तुर वापत यस कार्यालयको राजश्व खाता नं. ०६००३०००००१००१०००००१ र राजश्व शिर्षक नं. १४२४९ मा तोकिएको राजश्व रकम नगदै जम्मा गरेको बैंक भौचर, ने.बैं.लि. दमौलीमा रहेको कार्यालयको धरौटी खाता नं ०६००३०००००३००००००००१ मा तोकिएको धरौटी रकम जम्मा गरेको सक्कल बैंक भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको एकसय बिस (१२०) दिन सम्म म्याद भएको बैंक ग्यारेन्टी (विडवण्ड) का साथ विद्युतिय बोलपत्र फाराम PPMO e-GP system बाट डाउनलोड गरी Online मार्फत नै मिति २०८२/०६/०८ गते दिनको १२:०० बजे भित्र दर्ता गर्न सकिनेछ । अनलाईन मार्फत दर्ता हुने विद्युतिय बोलपत्रहरु मिति २०८२/०६/०८ गते दिनको २:०० बजे व्यास नगरपालिका कार्यालयमा खोलिनेछ । विस्तृत जानकारीको लागी व्यास नगरपालिकाको वेबसाइट www.vyasmun.gov.np तथा कार्यालय | समयभित्र कार्यालयको सम्पर्क नं. ०६५-५६३०३४ मा सम्पर्क गर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत