Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Bolpatra
Published Date : Aug 20, 2025
Deadline : Sept. 11, 2025, noon
Type : Bolpatra

जनकपुर भन्सार कार्यालय, धनुषाद्वारा सवारी तथा ढुवानी साधनको लिलामी बिक्रीका लागि बोलपत्र आह्वान

नेपाल सरकार 
अर्थ मन्त्रालय 
भन्सार विभाग

जनकपुर भन्सार कार्यालय, जनकपुरधाम, धनुषा

सवारी तथा ढुवानी साधनको लिलामी बिक्री सम्बन्धी बोलपत्र आह्वानको सूचना 

सूचना नं.-१
प्रथम पटक प्रकाशित मिति २०८२|०५|०४ 

यस जनकपुर भन्सार कार्यालयमा रहेका सवारी तथा दुवानी साधनहरू जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र बोलपत्र खरिद गरी २२ बाइसौं दिनमा दिनको १२ बजेसम्म यस कार्यालयमा दर्ता गराउनुहुन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई आह्वान गरिन्छ । साथै आफूले कबोल गरेको रकमको १०% ले हुन आउने रकम यस कार्यालयको नाममा राष्ट्रिय वाणिज्य बैकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय, धनुषाको धरौटी खाता नं. १२२०१००१०२०३०००० मा जम्मा हुने गरी दोस्रो सक्कल भौचर बोलपत्र फाराम साथ पेश गर्नुपर्नेछ । यस सम्बन्धमा विस्तृत व्यहोरा कार्यालयको वेबसाइट janakpur.customs.gov.np/ भन्सार विभागको वेबसाइड customs.gov.np मा प्रकाशित गर्नुको साथै यस कार्यालय, जिल्ला प्रशासन कार्यालय, धनुषा, जनकपुरधाम उप-महानगरपालिका, धनुषा, कोष तथा लेखा नियन्त्रक कार्यालय, धनुषा, जनकपुर उद्योग वाणिज्य संघ धनुषाको सूचना पाटीमा टाँस गरिएको छ । यसका अतिरिक्त अन्य कुरा बुझ्नुपरेमा वा सवारी तथा दुवानी साधन हेर्न चाहेमा यस कार्यालयको मुद्दा शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ ।

लिलाम बिक्री हुने सवारी तथा दुवानी साधनहरूको विवरण, न्यूनतम कायम मूल्य, बोलपत्र फाराम दस्तुर र सिलबन्दी बोलपत्र फाराम सम्बन्धी सर्तहरू उपरोक्त अनुसार टाँस गरिएको सूचनामा उल्लेख रहेको छ ।


Search, Apply & Get Job: FREE