नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
बबरमहल, काठमाडौँ
प्रतिस्पर्धाबाट शिकार गराउनको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/५/३)
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को अधिनमा रही ढोरपाटन शिकार आरक्षमा तोकिएको ब्लक र निर्धारित कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको शिकारको लागि पेशेवर शिकार अनुमति प्राप्त संघ संस्थाबाट आ.व. २०८२ / ८३ को पहिलो सिजनको लागि सिलबन्दी दरभाउपत्र आहवान गरिएको छ । विभागको आर्थिक प्रशासन शाखाबाट नियमानुसारको शुल्क बुझाई दरभाउपत्र खरिद गर्न सकिनेछ । यस सम्बन्धी विस्तृत जानकारी विभागको सूचना पाटी तथा वेभसाईट https://dnpwc.gov.np/en/ बाट प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराईन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
बबरमहल, काठमाडौँ
फोन न. ०१-४२२७९२६, ४२२०८५०