शिलबन्दी बोलपत्रद्वारा सामान लिलाम बिक्री सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२२०५२०२
सूचना नं. ०८/०८२-०८३
यस संघको केन्द्रीय कार्यालयमा रहेका देहाय बमोजिमको पुराना फर्निचर तथा कार्यालय सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा शिलबन्दी बोलपत्रबाट लिलाम बिक्री गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति / फर्म वा कम्पनीबाट यो सूचना प्रकाशन भएको मितिले १५ भित्रमा शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिन्छ ।
लिलाम बिक्रीमा रहेको सामानहरुको विवरणः
संघको बेबसाइट www.nefscun.org.np/downloads मा रहेको छ ।
शिलबन्दी बोलपत्र खुल्ने मिति, स्थान र समयः V
२०८२|०५|१४ केन्द्रीय कार्यालय, दिनको २ बजे
शिलबन्दी बोलपत्रका शर्तहरु :
१. बोलपत्रका साथ कबोल गरेको रकमको १० (दश) प्रतिशत रकम संघको लेखा शाखा वा तोकिएको बैंकमा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।
२. बोलपत्र फारम साथ बोलपत्रदाताको परिचय खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा अन्य कुनै सरकारी निकायबाट प्रमाणित परिचय पत्र संलग्न राख्नु पर्नेछ । यदि फर्म वा कम्पनी भए अध्यवधिक दर्ता प्रमाणपत्र र स्थायी लेखा नं.मा दर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
३. बोलपत्र स्वीकृत भएको जानकारी भएको मितिले बढीमा ३ दिनभित्र स्वीकृत बोलपत्रदाताले सामान उठाउने सम्बन्धी सम्झौता गर्नुपर्ने छ, अन्यथा बोलपत्र रद्द गरी धरौटी रकम जफत गर्न सकिनेछ ।
४. बोलपत्र फारम रु.५००।०० (अक्षेरेपी रुपैया पाँच सय फिर्ता नहुने गरी) संघको प्रशासन शाखाबाट लिन सकिनेछ ।
५. लिलाम बढाबढ हुने सामानहरुको स्थलगत निरीक्षण गरी हेर्न बुझ्न चाहने व्यक्ति वा फर्मले कार्यालय खुलेको दिन बिहान ११:०० बजे देखि २०० बजे सम्म केन्द्रीय कार्यालयको प्रशासन शाखामा सम्पर्क गरी हेर्न सकिनेछ ।
संयोजक
मूल्यांकन तथा लिलाम कार्यदल
नेफस्कून
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.
नयाँ बानेश्वर, काठमाडौं, फोन नं. ०१-४७९१९६३, ४७९०२०१