नेपाली सेना
श्री आपुर्ति तथा परिवहन निर्देशनालय, जंगी अड्डा, काठमाण्डौको
सवारी साधन (बस) भाडा सम्बन्धी पहिलो पटक विद्युतीय बोलपत्र (e- GP) आव्हानको ३० (तीस) दिने सूचना
सूचना न. ३
IFB.NA/DTE/MT/82/83/13 प्रकाशित मिति २०६२/०५/०३ गते ।
१. राष्ट्रिय सेवादलद्वारा श्री रा.से.द. पुर्वी तालिम शिक्षालय या शिला, मोरङ्ग, श्री रा.से. द. मध्यपुर्वी तालिम शिक्षालय, बर्दिबास, महोत्तरी, श्री रा.से. द. मध्य तालिम शिक्षालय हात्तिखोर, नवलपरासी (सुस्तापूर्व) र श्री रा.से.द. पश्चिम तालिम शिक्षालय, कौशिलानगर, बाँके जिल्लामा विभिन्न चरणमा सञ्चालन हुने सामुहिक तालिममा सहभागी NCC क्याडेट (विद्यार्थी) हरुको लागि मिति २०५२ साल कार्तिक ३० गतेदेखि आवश्यक पर्ने सवारी साधन (बस) भाडामा लिनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा सवारी साधन (बस) भाडाको बोलपत्र सम्बन्धी कागजातहरुमा तोकिएका सर्तहरुको अधिनमा रही एक खाम प्रणाली ( Single Envelope system) मा विद्युतिय बोलपत्र (e-GP) मार्फत यो बोलपत्र आह्वानको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
(क) बोलपत्र सम्बन्धी अन्य जानकारी

२. बोलपत्र दस्तुर रु.५,००० (पाँच हजार रुपैया मात्र) राजश्व दाखिलाको लागि श्री नेपाल बैंक लिमिटेड, भूगोलपार्कमा कार्यालय कोड नं. ३४५०१३५०५, राजश्व शिर्षक नं. १४२२९, राजश्व खाता नं. ००१०१००००००००१००१००१ मा रकम जम्मा गरी सो को सक्कलै बैंक भौचर Scan गरी Upload गर्नुपर्नेछ ।
३. बोलपत्रदाताले बोलपत्रसाथ पेश गर्नुपर्ने कागजात, बोलपत्र जमानत, बोलपत्रदाताले अनिवार्य रुपमा पालना गर्नुपर्ने सर्तहरु एवं संलग्न गर्नुपर्ने कागजातहरुको विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको website: https://bolpatra.gov.np/egp मा Upload गरिएको बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको छ ।
४. थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०१-५९७९११० तथा ईमेल
[email protected] मा सम्पर्क गर्न सकिनेछ ।