Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Published Date : Aug 15, 2025
Deadline : Aug. 30, 2025, noon

औषधी तथा सर्जिकल सामाग्री आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान

राजापुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
राजापुर, बर्दिया 
लुम्बिनी प्रदेश, नेपाल

स्वास्थ्य बीमा अन्तर्गत औषधी तथा सर्जिकल्स् सामाग्रीहरु आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना 

प्रकाशित मिति २०८२/०४/२९

राजापुर नगरपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको आ.व. ०८२२०८३ का लागी आवश्यक औषधी विद्युतिय खरिद प्रणाली अनुसारको सिलबन्दी दरभाउपत्रका माध्यमबाट खरिद गर्नुपर्ने भएकोले मु.अ.क. मा दर्ता भएका इच्छुक ईजाजत प्राप्त सप्लायर्स, विक्रेता तथा व्यवसायीहरूले रितपुर्वकको सिलबन्दी दरभाउपत्र तपशिलको शर्तहरू पालना हुने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू :

१. यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र आ.व. ०८१|०८२ कम्पनी - फर्म मा नविकरण भएको ईजाजत प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, आयकर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि र औषधि आपुर्ति गर्ने ईजाजतपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखि कार्यालय समय भित्र छुट्टाछुट्टै निवेदनबाट रु.१,०००/- प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको खाता नं. ०२८००१०११४१८९००००००१ मा तिरी सिलबन्दी दरभाउपत्र फाराम दस्तुर फिर्ता नहुने गरी बुझाउनु पर्नेछ ।

२. सिलवन्दी दरभाउपत्र खरिद गर्दा कार्यालय प्रमुखको दस्तखत र कार्यालयको छाप लागेको सिलवन्दी दरभाउपत्र www.bolpatra.gov.np/egp Download गरि Online मार्फत खरिद गर्नुपर्ने छ । खरिद भएको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२ बजे भित्र सिलबन्दी दरभाउपत्र फाराममा सहीछाप गरि सिलबन्दी दरभाउपत्र दाताको नाम, ठेगाना फोन तथा फ्याक्स नं. समेत खुलाई सिलबन्दी दरभाउपत्र Online मार्फत दर्ता गराउन सकिने छ ।

३. दर्ता भएका सिलबन्दी दरभाउपत्रहरू सोहि दिनको १:०० बजे बोलपत्रदाता वा निजहरूका प्रतिनिधिहरू र कार्यालयका प्रतिनिधिहरूको रोहबरमा कार्यालयमा खोलिने छ । सिलबन्दी दरभाउपत्रदाता वा निजहरूका प्रतिनिधिहरू उपस्थित नभएमा पनि सिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन । 

४. सिलबन्दी दरभाउपत्रको अन्तिम दिन तथा दाखिला गर्ने वा खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू त्यस पछिको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्यहरू हुनेछ ।

५. सिलबन्दी दरभाउपत्र साथ तपशिलमा उल्लेखित कागजातहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, अन्यथा सिलबन्दी दरभाउपत्र मूल्याकंन सम्बन्धी कुनै पनि कारवाही गरिने छैन ।

क) आफु खरिद कारवाहीका लागि अयोग्य नभएको र कालो सुचीमा नपरेको स्व घोषणा पत्र ।
ख) औषधि उत्पादक कम्पनीहरूले खरिदकर्ताको नाममा जारी गरिएको सक्कल Manufacturere's Authority Letter 

६. सिलबन्दी दरभाउपत्र साथ धरौटी बापतको तपशिलमा उल्लेखित रकम राजापुर नगपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको नेपाल बैंक, लिमिटेड, राजापुर शाखामा रहेको खाता हि. नं ०२८००१०११४१८९००००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त नेपाल भित्रको कुनै पनि बैंकले यस कार्यालयको पक्षमा जारी गरेको बोलपत्र दाखिला गर्ने अन्तिम मिति देखि गणना हुने गरी कम्तीमा ७५ ( पछहत्तर) दिन म्याद भएको शर्त रहित बैंक ग्यारेन्टी (बिड बन्ड) पेश गर्नु पर्नेछ ।

७. सिलबन्दी दरभाउपत्र फाराम भर्दा ठेक्काका शर्तहरू पूर्णत अध्ययन गरि स्पष्ट संग भर्नु पर्नेछ ।

८. सिलबन्दी दरभाउपत्र मूल्यांकन तथा स्वीकृतीको निर्णय न्युनतम मूल्य र सिलबन्दी दरभाउपत्रको प्राविधिक पक्ष समेतका आधारमा गरिनेछ ।

९. सिलबन्दी दरभाउपत्र फाराममा मु.अ. कर बाहेकको दररेट अंक र अक्षर दुवैमा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ । केरमेट वा थपघट गर्नुपर्ने भएमा केरमेट वा थपघट गरिएको ठाउमा आधिकारिक व्यक्तिको हस्ताक्षर हुनुपर्नेछ । म्याद नाघि आएको वा रित नपुगी पर्न आएको सिलबन्दी दरभाउपत्र उपर कुनै कार्यवाही गरिने छैन ।

१०. यस सूचनामा नपरेका अन्य कुराहरूको हकमा सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरू, सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन सहित) बमोजिम हुने छ । साथै अन्य थप कुराहरू बुझ्न आवश्यक परेमा यस कार्यालयको फोन. ०८४-४६०१६७ मा सम्पर्क गरि बुझ्न सकिनेछ ।

११. औषधि खरिद गर्दा WHO GMP Certified Company बाट उत्पादित औषधिहरू मात्र खरिद गरिने छ ।

१२. खरिद हुने औषधिहरूको म्याद सम्बन्धमा उक्त औषधिको यस कार्यालयमा बुझाउँदा सम्म manufacturing date बाट Expiry Date कम्तीमा १८ महिना बाँकी हुनुपर्नेछ । सो भन्दा घटीमा भएका औषधीहरू बुझिलिने छैन ।

१३. नेपाल सरकारको हितलाई ध्यानमा राखि कुनै कारण जनाई वा नजनाई सिलबन्दी दरभाउपत्र पुरा वा आंशिक रुपमा पेश भएका सिलबन्दी दरभाउपत्रहरू स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।

सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी विवरण

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE