नेपाल विद्युत प्राधिकरण
(नेपाल सरकारको स्वामित्व)
प्रसारण निर्देशनालय
मध्यम भोल्टेज ग्रिड विकास विभाग
बलेफी कोरिडोर १३२ के.भी प्रसारण लाइन आयोजना
पाहतान, सिन्धुपाल्चोक
विकास आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सम्बन्धमा वन ऐन २०७६ को दफा ४२(२) तथा वन नियमावली २०७९ को नियम ९१ को उपनियम १ प्रयोजनार्थ
वन क्षेत्रको जग्गा प्रयोग वापत आयोजनाले सट्टाभर्ना उपलब्ध गराउनु पर्ने
जग्गा प्राप्ति गर्न आयोजनालाई जग्गा उपलब्ध गराउन ईच्छुक जग्गाधनीहरुवाट आशयको प्रस्ताव आव्हानको सूचना
सूचना प्रकाशित मितिः २०८२ / ०४ / ३०
नेपाल विद्युत प्राधिकरण, बलेफी कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले प्रसारण लाइन निर्माणको लागि वन क्षेत्रको जग्गा स्थायी / अन्यायी तवरले प्रयोग गरे वापत वन ऐन २०७६ दफा ४२ (२) बमोजिम आयोजना सञ्चालनको लागि वन क्षेत्र उपलब्ध गराउदा जति वन क्षेत्र प्रयोग गर्नु पर्ने हो कम्निमा त्यति नै क्षेत्रमा रुख रोप्नको लागि सम्भव भएसम्म आयोजना स्थलको नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक र परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वनको विकास गर्न सकिने भू-बनोट भएको जग्गा उपलब्ध गराउनु पर्ने व्यवस्था अनुसार नेपाल सरकारलाई सट्टाभर्ना स्वरूप उपलब्ध गराउनु पर्ने ९.८७५७ हेक्टर (१९४ २ ० १ रोपनी) तपशिलमा उल्लेख भएका जिल्ला तथा स्थानहरुमा पर्ने निजी जग्गा उपलब्ध गराउन चाहने ईच्छुक व्यक्ति वा व्यक्तिहरुको समुहबाट आफुले दिन चाहेको जग्गाको प्रति रोपनी दररेट सहितको विवरण प्रष्ट खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय खुलेको दिन ५:०० बजेसम्म तपशिलमा उल्लेखित स्थानहरुमा वा आयोजनाको ईमेल ठेगानामा आईपुग्ने गरी जग्गा उपलब्ध गराउने आशयको प्रस्ताव पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

- प्रस्तावित जग्गाको जग्गाधनी पुजाको प्रतिलिपि, जग्गाधनीको नागरिकताको प्रतिलिपि, तिरो तिरेको रसिद र आफुले दिन चाहेको प्रति रोपनी जग्गाको दररेट समेत उल्लेख गरी खामबन्दी भएको हुनुपर्नेछ ।
- प्रस्तावकले खाम बाहिर "जग्गा उपलब्ध गराउने सम्बन्धी प्रस्ताव" भनी स्पष्ट लेखेको र सम्पर्क व्यक्ति / सम्पर्क नम्बर अनिवार्य उल्लेख भएको हुनुपर्नेछ ।
- प्रस्ताव वा निवेदन दर्ता गर्ने दिन विदा परेमा त्यस पछी कार्यालय खुलेको दिनमा कार्यालय समय भित्र दर्ता गर्न सकिनेछ ।
- जग्गा लिने तथा नलिने सम्बन्धी निर्णय वन नियमावली २०७९ को नियम ९२ वमोजिम जग्गा प्राप्ति सहजीकरण समितिको सिफारिस अनुसार गरिनेछ । साथै म्याद नाघी आएको वा रित नपुगेको प्रस्ताव माथि कुनै कारवाही गरिने छैन । साथै जग्गा प्राप्ति सम्बन्धमा नेपाल सरकारर्बाट जारी भएको ऐन, नियमको पूर्ण पालना गर्नुपर्नेछ ।
- प्रस्तावमा कुनै कुरा अस्पष्ट एवं अधुरो भएमा सम्बन्धित जग्गाधनीसँग सम्पर्क गरी स्पष्ट गरिनेछ । उक्त स्पष्टता लिखित रुपमा लिइनेछ ।
- मापदण्ड पुरा भएका प्रस्ताव मध्ये सबै भन्दा कम मुल्य भएको प्रस्ताव छनोट गरिने छ ।
- पेश गरिएको प्रस्ताव स्वीकार गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिमा रहने छ ।
नेपाल विद्युत प्राधिकरण
बलेफी कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना
जुगल गाउँपालिका बडा नं. ४ पाङ्गतान, सिन्धुपाल्चोक
सम्पर्क नं. ९८६२६१८४१९
आयोजनाको सम्पर्क कार्यालयः खरिपाटी, भक्तपुर ।
९८४१५५९७३६, ९८४४४६९२६६