सिलबन्दी दरभाउपत्र आह्वानको सूचना – नागरिक लगानी कोष

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०४/२९)

यस कोषका लागि आर्थिक वर्ष २०८२ / ०८३ का लागि स्टेसनरी सामग्रीहरू आवश्यक भई सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक आपूर्तिकर्ता / फर्म / संस्थाले सम्बन्धित निकायबाट प्राप्त इजाजत पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८० / ०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, कोषको नाममा रहेको लक्ष्मी सनराइज बैंक लिमिटेड, नयाँ बानेश्वर शाखाको खाता नं. ०१२११०३४१४१ मा नगद रु. १,०००।०० (अक्षरुपी एक हजार रुपैयाँ मात्र) (फिर्ता नहुने गरी जम्मा गरेको सक्कल भौचर पेस गरी कोषको केन्द्रीय कार्यालय प्रशासन महाशाखाबाट उपलब्ध हुने दरभाउपत्र फाराम यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र खरिद गरी १६ औं दिनको १२ बजेभित्र दर्ता गरिसक्नुपर्नेछ । प्राप्त भएका सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन (मिति २०८२/०५/१३) अपराह्न १:०० बजे कोषको केन्द्रीय कार्यालयमा खोलिनेछ । विस्तृत जानकारीका लागि कोषको प्रशासन महाशाखामा सम्पर्क गर्नुहुन अनुरोध छ । 

नागरिक लगानी कोष
केन्द्रीय कार्यालय प्रशासन महाशाखा 
नयाँ बानेश्वर, काठमाडौं ।
फोन नं. ०१-५९७०२०१, ०१-५९७०२०२


Search, Apply & Get Job: FREE