परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथली, काठमाडौं – सटर भाडामा दिने सम्बन्धी सिलबन्दी / पुनः सिलबन्दी दरभाउपत्र आव्हान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति
थापाथली, काठमाडौं, (फोन नं. ०१-५३६०२३१)

सटर भाडामा दिने सम्बन्धी सिलबन्दी / पुनः सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

(गो. प. मा प्रथम पटक प्रकाशित मिति २०८२।०४।२८)

यस परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको तपसिल अनुसारको सटरहरु छुट्टा छुट्टै भाडामा दिइने भएकोले सिलबन्दी / पुनः सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक फर्म वा कम्पनीले दर्ता प्रमाण-पत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, नविकरणको प्रमाणित प्रतिलिपि संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र तपसिलका शर्तहरुको अधीनमा रही दरभाउपत्र दिनु हुन सूचित गरिन्छ । दरभाउपत्र १६ औं दिनको १२:०० बजे सम्म बुझाई सक्नु पर्ने र सोहीदिन २०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा दरभाउपत्र खोलिनेछ । निजहरुको अनुपस्थितिमा पनि दरभाउपत्र खोल्न सकिनेछ । दरभाउपत्र बुझाउने वा खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट सो कार्य गरिनेछ ।

तपसिल

१. यस अस्पतालको अर्थशाखामा दरभाउपत्र फारामको लागि रकम रु.१,०००/- (फिर्ता नहुने) जम्मा गरेको भौचर संलग्न गरी छुट्टा-छुट्टै निवेदन दिई अस्पतालको प्रशासन शाखाबाट ११:०० बजेदेखि ३:०० बजेसम्म दरभाउपत्र प्राप्त गर्न र बुझाउन सकिनेछ ।

२. दरभाउपत्र विंदा यस अस्पतालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंइ लि., पुल्चोकको चल्ती खाता नं. ००४०१०१०००६१४५ मा धरौटी वापत रकम जम्मा गरी सोको सक्कल बैंक भौचर पेश गर्नु पर्नेछ ।

३. उक्त सटर कबलहरमा औषधी बिक्री बितरण गर्नको लागि भाडामा दिइने छैन । 

४. विस्तृत जानकारीको लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।


Search, Apply & Get Job: FREE