कृष्णपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गुलरिया, कन्चनपुर
सुदूरपश्चिम प्रदेश
विद्युतीय बोलपत्र आव्हानको सूचना
दोश्रो पटक प्रकाशित मिति : २०८२/०४/२७
यस नगर कार्यपालिका कार्यालयको आ.व. २०८२/०८३ मा नगर क्षेत्र भित्र बिभिन्न कर, शुल्क, दस्तुर संकलन गर्ने कार्यका लागि देहायको शिर्षकमा आय संकलनको ठेक्का कबोल गर्न नियमानुसार दर्ता भएका फर्महरुबाट आवश्यक कागजात संग्लग्न राखी देहायको मिति र समय भित्र विद्युतीय बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।

१. बोलपत्रको दर्ता मिति २०८२/०५/११ गते दिनको १२:०० बजे र खोलिने मिति २०८२/०५/११ गते दिनको १४:०० बजे सम्मको हुनेछ । दर्ता गर्ने दिन सार्वजनिक बिदा भएमा लगत्तै आर्को दिन दर्ता गरिनेछ ।
२. आधार अंक भन्दा घटि कबोल गरेको, म्याद नाघेको, रित नपुगेको वा शर्त राखी पेश गरेको बोलपत्र उपर कुनै कारवाही हुनेछैन ।
३. ठेक्का कबोल गरेको अंक एकमुष्ठ बुझाएमा नियमानुसार छुट दिन सकिनेछ ।
४. ठेक्का नं. 02-IR-2082/083 का हकमा ठेक्का अवधि तीन आ.व. को हुनेछ र अन्य कुरा बोलपत्र फाराममा उल्लेख गरिएको छ ।
५. बोलपत्र स्वीकृत गर्ने, नगर्ने, आंशिक स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
प्रमुख प्रशासकीय अधिकृत