Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Aug 12, 2025
Deadline : Aug. 20, 2025, noon
Type : Bolpatra

सवारी साधन खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
Swarojgar Laghubitta Bittiya Sanstha Limited

नेपाल राष्ट्र बैंक बाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रिय स्तर कार्यक्षेत्र भएको)
केन्द्रीय कार्यालय बनेपा-५, काभ्रेपलाञ्चोक, फोन नं. ०११-६६१०६०, ६६५३४८, ईमेल: [email protected] 

शिलबन्दी बोलपत्र आव्हानको सूचना

दोस्रो पटक प्रकाशित मिति २०८२/०४ / २७ गते

यस वित्तीय संस्थाको लागि तपशिलमा उल्लेख भए बमाजिमको सवारी साधन खरिद कार्य शिलवन्दी बोलपत्रको माध्यमबाट गराउनु पर्ने भएकोले सो सम्बन्धी कार्य गरेको अनुभवी इच्छुक फर्म / कम्पनीहरुबाट निम्न शर्तहरुको अधिनमा रही शिलवन्दी बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र नं:- SLBBL/01/082/083

बोलपत्र सम्बन्धी सर्तहरू :

१. बोलपत्रमा समावेश हुन चाहने फर्म/कम्पनीहरुले माथि उल्लेख गरिए अनुसारका सेवाको लागि बोलपत्र खरिद गरि पेश गर्नु पर्नेछ । आफुले गर्न चाहेको कामको बोलपत्र सम्बन्धी कागजात यो सूचना प्रकाशित भएको मिति देखि ७ औं दिनको (सो दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन) कार्यालय समयसम्म केन्द्रीय कार्यालयबाट पछि फिर्ता नहुने गरी प्रति बोलपत्र रु. ५००/- (अक्षरेपी पाँच सय रुपैया मात्र) तिरी खरिद गर्न सकिनेछ ।

२. बोलपत्र फाराम खरिद गर्न आउँदा सम्बन्धित फर्म तथा कम्पनीले नविकरण सहितको फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (मु.अ. कर समेत), आ.व. २०८० / ०८१ को कर चुक्ताको प्रमाण पत्र सहित आधिकारिक निवेदन पेश गर्नु पर्नेछ ।

३. सूचना प्रकाशित भएको मितिले ८ औं दिन (सो दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन) को विहानको १०:०० बजे भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेमा बोलपत्र दाखिला भई सक्नु पर्नेछ ।

४. दोस्रो पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन (सो दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिनको) विहान ११:०० बजे बोलपत्रदाता वा निजको अख्तियारी प्राप्त प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ । बोलपत्रदाता वा निजको अख्तियारी प्राप्त प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा परेको मानिने छैन ।

५. बोलपत्रको साथमा कवोल अंकको ५% (पाँच प्रतिशत) रकम यस वित्तीय संस्थाको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, बनेपामा रहेको खाता नं. ०४९०१००००००६६२०१ मा जम्मा गरेको सक्कल बैंक भौचर वा यस वित्तीय संस्थाको पक्षमा जारी भएको बोलपत्र पेश गर्ने मितिले ९० दिन मान्य अवधि रहेको बैंक ग्यारेण्टी संलग्न गर्नु पर्नेछ ।

६. बोलपत्र सम्बन्धी विस्तृत विवरण र बोलपत्र सम्बन्धी अन्य शर्तहरु तथा गर्नु पर्ने कार्यहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम तथा सो वाहेक अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) र वित्तीय संस्थाको विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।

७. प्राप्त बोलपत्रहरु स्वीकार गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित हुनेछ । सो कारवाही सम्बन्धी कुनै कुरा प्रकाशमा ल्याउन वा जानकारी दिन वित्तीय संस्था बाध्य हुने छैन ।

८. यस सम्बन्धी थप जानकारी चाहिएमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय प्रशासन विभाग वा लेखा विभाग बनेपा, काभ्रेमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ । बोलपत्र आव्हानको सूचना यस वित्तीय संस्थाको Website मा पनि हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE