चमेनागृह सञ्चालन गर्ने शिलबन्दी दरभाउ पत्र आह्वान

रामधुनी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
झुम्का, सुनसरी
कोशी प्रदेश, नेपाल

चमेना गृह सञ्चालन गर्ने शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

दोस्रो पटक प्रकाशित मिति २०८२/०४/२७

रामधुनी नगरपालिकामा कार्यरत कर्मचारीहरू तथा सेवाग्राहीलाई स्वच्छ, स्वस्थ्यकर, सफा, शुद्ध तथा गुणस्तरयुक्त सफा खाना, खाजाहरू उपलब्ध गराउन नगरपालिकाको कम्पाउण्डमा चमेनागृह सञ्चालन गर्नुपर्ने भएकाले होटल, खाजा घर, क्याटरिङ्ग जस्ता व्यवसाय गर्ने गरी दर्ता भएका व्यवसायहरुले यो सूचना प्रकाशित भएको १५ दिन ( मिति २०८२ /०५/१०) भित्र कार्यालय समयसम्म शिलबन्दी दरभाउ पत्र खरिद गरी १६ औं दिन (मिति २०८२ /०५/११) दिनको १२ बजेभित्र प्रस्ताव पेश गर्न आह्वान गरि एको छ । उक्त दरभाउ पत्र प्रस्ताव १६ औं दिन दिनको २ बजे यस कार्यालयमा खोलिनेछ । सो दिन सार्वजनिक विदा पर्न गएमा भोलिपल्ट सोही समय र स्थानमा खोलिने छ । शिलबन्दी दरभाउ पत्र फारम एन.आई.सि. एसिया बैंक, झुम्का शाखामा यस कार्यालयको नाममा रहेको आन्तरिक राजश्व खाता नं. ०८९२०५००२७९०८००२ मा रु. १०००/- जम्मा गरेको भौचर बुझाइ राजश्व शाखाबाट खरिद गर्न | सकिनेछ । सिलवन्दी दरभाउ पत्र पेश गर्दा रु. २४०००/- एन.आइ.सि. एसिया बैंक, झुम्का शाखामा यस कार्यालयको नाममा रहेको धरौटी खाता नं. ०८९२०५००२७९०८०१५ मा जम्मा गरी सो को सक्कल भौचर पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउपत्र पेश गर्दा व्यवसाय भ्याटमा दर्ता भएको प्रमाणपत्र, आ.व. २०८२/८३ सम्मको व्यवसाय नविकरण, स्थायी लेखा नं. प्रमाणपत्र र आ.व. २०८०/८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नु पर्नेछ । शिलबन्दी दरभाउ-पत्र स्वीकृत भएको व्यवसायले शिलबन्दी दर भाउ पत्रमा उल्लेख भए अनुसारको सेवा उपलब्ध गराउनु पर्नेछ । चमेनागृह सञ्चालकले शर्त बमोजिमको सेवा उपलब्ध नगराएमा कार्यालयको निर्णय अनुसार धरौटी वापत राखेको रकम जफत गरी सम्झौता रद्द गरिनेछ । शिलवन्दी दरभाउ पत्र स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित र हनेछ। यो सूचना कार्यालयको Website www.ramdhunimun.gov.np मा पनि उपलब्ध छ। अन्य थप सूचनाको जानकारी लिन परेमा यस कार्यालयको राजश्व शाखा मार्फत लिन सकिनेछ । अन्य विषयमा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ । 

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE