डिभिजन वन कार्यालय
पर्सा, वीरगञ्ज
काठ लिलाम बिक्री सम्बन्धी सूचना
सूचना नं. ०१/०८२ / ०८३
दोस्रो पटक प्रकाशित: २०८२ / ०४ / २६ गते
यस डिभिजन वन कार्यालय, पर्सा अन्तर्गतको मनवा, बढनिहार, सबैया | सब डिभिजन वन कार्यालयको घाटगद्दीमा रहेको साल र अन्य प्रजातिको गोलिया काठहरू थान १६४० को १२८७३ ४ क्युफिट काठ लिलाम बिक्रीका लागि २१ (एक्काइस) दिन सम्मका लागि दोस्रो पटक यो सूचना प्रकाशित गरिएको छ । प्रकाशित मितिले कार्यालयको समयभित्र प्रचलित कानून बमोजिम उद्योगका रूपमा दर्ता भएको गोलिया काठ चिरान गर्ने सःमिल, काठ र दाउरालाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने भेनियर तथा प्लाइउड उद्योगले वन नियमावली, २०७९ को नियम १२८ बमोजिम सूचीकृत भएको मात्रले काठ लिलाम सम्बन्धी बोलपत्र रीतपूर्वकको फर्म | दर्ताको प्रमाणपत्र, स्थायी लेखा नं. वा मू.अ. कर दर्ताको प्रमाणपत्र र आ.व. २०८१/०८२ को कर चुक्ताको प्रमाण पेश गरी प्रदेश वन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय पर्सा र यस कार्यालयबाट बोलपत्र खरिद गरी २२औं दिनको २.०० बजेभित्र माथि उल्लिखित कुनै एक कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि यस कार्यालयको सूचना पाटीमा टाँस गरिएको विस्तृत सूचना हेर्नुहुन वा डि.व.का. पर्सामा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।