नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान
(नेपाल माउन्टेन एकेडेमी)
थापागाउँ, बिजुलीबजार, काठमाडौं
सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२।०४।२४
सूचना नं. MNPP NCB 01/082/83
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई हिमलुङ हिमाल (७१२६ मिटर) आरोहण समेतको प्रयोगात्मक कक्षा BMS 270: Field Study / Research VI (Mountain Climbing 7000m) सञ्चालन गर्नुपर्ने भएकोले उक्त आरोहणमा खटिएका प्रशिक्षकहरुलाई खाना बास तथा यातायात व्यवस्थापनका लागि इजाजत प्राप्त एक्सपिडिसन फर्म तथा कम्पनीहरुबाट निम्न शर्तहरुका अधिनमा रही रीतपूर्वकको सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औ दिन सम्म यस कार्यालयबाट सिलबन्दी बोलपत्र सम्बन्धी डकुमेन्ट खरिद गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मितिले ३१ औ दिनको १२ बजे भित्र सिलबन्दी बोलपत्र दाखिला गराई सक्नुपर्नेछ । यस प्रतिष्ठानको सूचनामा उल्लेख नभएको विषयमा सार्वजनिक खरिद ऐन, २०६३ एवं नियमावली २०६४ तथा प्रचलित कानुन बमोजिम हुनेछ । थप जानकारी प्रतिष्ठानको सूचनापाटी र वेबसाइट www.nma.gov.np मा प्रकाशित गरिनेछ ।

कार्यकारी निर्देशक