Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 10, 2025
Deadline : Sept. 9, 2025, noon
Type : Bolpatra

राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, तरहरा, सुनसरीका लागि भैसीको दाना आपूर्तिको लागि बोलपत्र आह्वान

बोलपत्र आह्वानको सूचना
नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद
राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, तरहरा सुनसरी 

बोलपत्र आव्हानको सूचना नं. NBRP Tarahara / NCB / Goods/01-2082/83 

प्रथम पटक प्रकाशित मिति २०८२/०४/२५

१. राशन आपूर्ति सम्बन्धी व्यवसाय गर्ने सम्बन्धित निकायमा दर्ता भएका व्यक्ति तथा आपूर्तिकर्ताहरुबाट आ.व. २०८२/८३ को ठेक्का नं. NBRP Tarahara/NCB/Goods / 01-2082/83 को Supply of Animal Feeds राशन -भैसीको दाना ) खरिद कार्यको लागी राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, तरहरा, सुनसरीले बोलपत्र आहवान गर्दछ ।

२. खरिद गरिने राशनको किसिम तथा परिमाण बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ । 

३. बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक आपूर्तिकर्ताले सार्वजनिक खरिद अनुगमन कार्यालयको Portal: www.bolpatra.gov.np/egp बाट राशन खरिद सम्बन्धि e-bidding कार्य हुनेछ । उक्त web मा login गरी प्राप्त निर्देशन अनुसार इच्छुक बोलपत्रदाताहरुले भाग लिन सक्ने छन् ।

४. बोलपत्र सम्बन्धी कागजातको दस्तुर रु. ३०००/- (अक्षरुपी तिन हजार) फिर्ता नहुने गरी यस कार्यालय राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, तरहरा, सुनसरीको नाममा रहेको नविल बैंक, इटहरी शाखाको खाता नं. ०९०६०१७५०००४० मा नगदै जम्मा गरेको बैंक भोचरको scanned copy pdf format मा upload गर्नुपर्ने छ । 

५. बोलपत्र पेश गर्न पूर्व-बैठक मिति २०८२/०५/१३ गते दिनको १:०० बजे यस राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, तरहरा, सुनसरीमा हुनेछ ।

६. बोलपत्रदाताले बोलपत्र साथ पेश गर्नुपर्ने सम्पूर्ण कागजातहरु मिति २०८२/०५/२४ गते दिनको १२:०० बजेभित्र www.bolpatra.gov.np/egp मा scanned copy pdf format मा upload गरिसक्नुपर्ने छ ।

७. बोलपत्र साथ यस कार्यालयको कोड नं. ३१२४११४०३ उल्लेख गराई कोष तथा लेखा नियन्त्रक कार्यालय, सुनसरीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाको बैंक खाता नं. २२२०१००१०२०३०००० मा रु. १,३०,०००/- (रूपैया एक लाख तीस हजार मात्र) नगदै जम्मा गरेको बैंक भौचर वा सो रकम बराबरको कुनै मान्यता प्राप्त आधिकारिक बैंकबाट यस कार्यालयको नाममा जारी भएको कार्य प्रयोजन तथा ठेक्का विवरण खुलेको बोलपत्र जमानत पत्रको scanned copy pdf format मा upload गरी पेश गर्नुपर्ने छ । सोको मान्य अवधि बोलपत्र पेश गर्ने अन्तिम मितिबाट गणना गर्दा बोलपत्रको मान्य अवधि ९० दिन भन्दा कम्तिमा पनि ३० दिन बढी वा १२० दिन हुनुपर्ने छ । 

८. बोलपत्रदाताले पेश गरिसकेका online बोलपत्र पेश गरेको अन्तिम समयभित्र प्रणालीमा प्रविष्ट login गरी online फिर्ता वा संसोधन गर्न सकिने छ । 

९. e-submission भएका बोलपत्रहरु मिति २०८२/०५/२४ गते दिनको १:०० बजे बोलपत्र खोल्ने समिति लगायत अन्य आमन्त्रित प्रतिनिधिहरु तथा बोलपत्रदाताका प्रतिनिधिहरुको रोहबरमा यसै कार्यालयमा खोलिने छ । बोलपत्रदाताहरु वा निजका कुनै पनि प्रतिनिधिहरु उपस्थित नभएको खण्डमा पनि बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।

१०. बोलपत्र दाखिला गर्ने एवम् खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो कार्यहरु विदाको लगतै पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।

११. बोलपत्रमा आइटमवाइज दर अंक र अक्षर दुवैमा स्पष्ट लेख्नुपर्ने छ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट भएमा बोलपत्रदाताको सहीछाप भएको हुनुपर्ने छ । 

१२. सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।

१३. बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बुझनुपरेमा वा बोलपत्र सम्बन्धी कागजात हेर्नुपरेमा यस राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, तरहरा, सुनसरीमा वा यस कार्यालयको इमेल [email protected] मा सम्पर्क राख्न सकिने छ ।


Search, Apply & Get Job: FREE