त्रि.वि. ई. अ.सं. थापाथली क्याम्पसमा चमेनागृह (क्यान्टीन) सञ्चालनका लागि सिलबन्दी दरभाउपत्र आव्हान

त्रि.वि. ई. अ.सं. थापाथली क्याम्पस

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

यस थापाथली क्याम्पसमा चमेनागृह (क्यान्टीन) संचालन गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त फर्म/कम्पनीहरु द्वारा शिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ । फाराम खरिदकर्ताले अद्यावधिक गरिएको इजाजतपत्र, स्थायी लेखा नं. दर्ता प्रमाणपत्र, आ.व.०८०/०८१ को कर चूक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र NIC ASIA बैकको खाता नं. ९९४४३३०८९२५२४००१ मा रु.१०००/- (फिर्ता नहुने) जम्मा गरी बैंक भौचर पेश गरी फाराम खरिद गर्न सकिनेछ । खरिद गरेको दरभाउपत्र फाराममा स्पष्टसँग भरी प्रत्येक पानामा सहिछाप गरी शिलबन्दी गरी दरभाउपत्र दर्ता गर्नुपर्नेछ । रित नपुगी दर्ता हुन आएका शिलबन्दी दरभाउपत्र उपर कुनै प्रकारको कार्यवाही हुने छैन । विस्तृत जानकारीको लागि यस क्याम्पसको सामान्य प्रशासनमा शाखामा सम्र्पक राख्न हुन समेत सूचित गरिन्छ ।


Search, Apply & Get Job: FREE