सूचना
सिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।
सूचना प्रकाशन मिति २०८२।०४।२२
यस प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरूले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरू खुल्ने गरी ७ (सात) दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरिन्छ । साथै पेस हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।
तपसिल
- मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याज दर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण,
- विगत तीन वर्षको नाफा नोक्सानको अवस्था,
- बैंकको निष्कृय सम्पत्ति (NPA),
- बैंकको कर्जा निक्षेप अनुपात (C.D. Ratio),
- स्थापना भएको वर्ष (वि.सं) र
- पुँजी पर्याप्तता कोष (Capital Adequacy Ratio)
नेपाल बीमा प्राधिकरण
कुपण्डोल, ललितपुर
फोन नं.: ०१-५४२१०७९, ५४२८६०४