त्रिभुवन विश्वविद्यालय
विश्वविद्यालय क्याम्पस, प्रिन्सिपलको कार्यालय, कीर्तिपुर
दरभाउपत्र (कोटेशन) आव्हान सम्बन्धी सूचना
मिति: २०८२/०४/२३
यस विश्वविद्यालय क्याम्पस, प्रिन्सिपलको कार्यालय मातहत रहेको कान्ति (पुरुष) छात्रावास परिसर भित्रको भान्छाघरमा मेस / क्यान्टीन सञ्चालन गर्नुपर्ने भएकोले कम्तिमा एक वर्षको अनुभव भएको नेपाल सरकारबाट सम्बन्धित कार्यको इजाजत प्राप्त, VAT/ PAN मा दर्ता भएको फर्महरुले के कति दररेटमा मेस / क्यान्टीन सञ्चालन गर्न सक्ने हो ? इच्छुक फर्मले मिति २०८२ साल श्रावण २३ गतेदेखि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा विश्वविद्यालय क्याम्पसको नाममा नेपाल बैंक लिमिटेड, कीर्तिपुर स्थित खाता नं. ०४५००१०००९९०३१०००००१ मा दरभाउपत्र वापत रू. १,०००/- (फिर्ता नहुने गरी) बुझाएको बैंक भौचर तथा सम्बन्धित फर्मको पत्र सहित यस कार्यालयबाट दरभाउपत्र प्राप्त गरी तोकिएको मिति भित्र पेश गर्नु हुन यो दरभाउपत्र (कोटेशन) आव्हान सम्वन्धि सूचना प्रकाशित गरिएको छ । साथै विस्तृत जानकारीको लागि यस विश्वविद्यालय, प्रिन्सिपलको कार्यालय, त्रि.वि. कीर्तिपुरमा सम्पर्क राख्न सकिने छ ।