महालेखापरीक्षकको कार्यालय
अनामनगर, काठमाडौँ
बोलपत्र आह्वानको सूचना
सूचना प्रकाशित भएको मिति २०८२।०४।२३ (८|८|२०२५)
१. यस कार्यालयका कर्मचारीहरूका लागि विभिन्न रुटबाट कार्यालय ल्याउन र लैजान आवश्यक पर्ने बस सेवा भाडामा लिनुपर्ने भएकोले उल्लिखित कार्य गर्न इच्छुक योग्य आपूर्तिकर्ताबाट देहायको शर्तहरूको अधीनमा रहो रीतपूर्वकको बोलपत्र आह्वान गरिएको छ ।

२. योग्य बोलपत्र दाताहरूले महालेखापरीक्षकको कार्यालय, अनामनगरबाट वा सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP प्रणालीको वेबसाइट www.bolpatra.gov.np/egp बाट यस बोलपत्र सम्बन्धमा थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
३. बोलपत्र सम्बन्धी कागजात बापतको दस्तुर तल उल्लिखित बैक सम्बन्धी विवरणमा दाखिला गरेको भौचर स्क्यान गरौ (pdf format) e-GP पोर्टलमा अपलोड गरी बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP पोर्टल https://www.bolpatra.gov.np/egp बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
बोलपत्र सम्बन्धी कागजात बापतको दस्तुर दाखिला गर्ने बैंकको बिबरण :
बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक लि. सिंहदरबार, काठमाडौँ
कार्यालयको नाम : महालेखापरीक्षकको कार्यालय
कार्यालयको खाता नं.: १०००१००२०००१००००
कार्यालयको कोड: २०८००३५०१
राजस्व सङ्केत नं. १४२२२
४. बोलपत्र दाताहरूले बोलपत्रहरू विद्युतीय रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP पोर्टल https://www.bolpatra.gov.np/egp मार्फत २०८२ भदौ २३ गते दिनको १२:०० बजेसम्म पेश गर्नुपर्नेछ । उल्लिखित मिति र समयपछि प्राप्त कागजातहरू स्वीकार गरिनेछैन ।
५. बोलपत्र पेश गर्ने अन्तिम मितिसम्म प्राप्त हुन आएका विद्युतीय बोलपत्रहरू उपस्थित हुन चाहने बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहबरमा सोहो दिन दिनको २:०० बजे यस कार्यालय, अनामनगरमा खोलिनेछ ।
६. बोलपत्रसाथ बबरमहलस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय भुक्तानो केन्द्रको नाममा नेपाल राष्ट्र बैंक थापाथलोमा रहेको धरौटी खाता नं. १२०१२००००१००२५२४ मा तपसिलमा उल्लेख भए अनुसारको रकम दाखिला गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा जारी गरिएको बोलपत्र दाखिला हुने अन्तिम दिनबाट गणना हुने गरी २० दिन अवधि ( Validity) रहेको सक्कल बैंक जमानो पत्र (Unconditional Bid Bond) संलग्न गरी पेस गर्नुपर्नेछ ।
७. बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक बिदा परेमा सो कार्य क्रमश अर्को दिन हुनेछ ।
८. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धो सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
९. यो सूचना र बोलपत्र सम्बन्धी कागजातमा स्पष्ट नभएका विषयहरू प्रचलित कानून तथा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम हुनेछ ।
१०. बोलपत्र सम्बन्धी सूचना यस कार्यालयको Website: www.oag.gov.np मा समेत हेर्न सकिनेछ ।