भक्तपुर नगरपालिकाद्वारा संचालित
ख्वप कलेज अफ इन्जिनियरिङ्ग
लिवाली, भक्तपुर, नेपाल, फोन ०१-५१२२०९४ / ५१२२०९८
Smart Interactive Board खरिद सम्बन्धी दरभाउपत्र प्रस्ताव आव्हानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०४/२२ गते
यस कलेजको लागि आवश्यक तपसिल बमोजिमको Smart Interactive Board सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम दरभाउपत्र आव्हान प्रकृयाद्वारा खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरुबाट रितपूर्वकको E-Bidding मार्फत दरभाउपत्र आव्हान गरिन्छ ।
शर्तहरु :
१. इच्छुक दरभाउपत्रदाताले e-bidding गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेब साईट www.bolpatra.gov.np/egp बाट दरभाउपत्र फारम हेरी भरी दर्ता गर्नु पर्नेछ । दरभाउपत्रसाथ फर्म दर्ता, भ्याट दर्ता, आ.व. २०८०/०८१ को करचुक्ता भएको प्रमाणपत्रको प्रतिलिपिहरु, दरभाउपत्र दस्तुर तिरेको बैंक भौचर र जमानत रकम ( Bid Security) को Scanned Copy समेत upload गर्नु पर्नेछ ।
खातावालाको नाम : ख्वप कलेज अफ इन्जिनियरिङ्ग
बैंकको नाम नेपाल बैंक लिमिटेड, कमलविनायक, भक्तपुर
दरभाउपत्र फारम शुल्कको लागि चालु खाता नं. ०१९००१०००३५५७३०००००१
२. दरभाउपत्र सम्बन्धी अन्य कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ । अन्य थप जानकारीको लागि ख्वप कलेज अफ इन्जिनियरिङ्गमा सम्पर्क राख्न सकिनेछ ।

दरभाउपत्र पेश गर्ने अन्तिम मिति र समय: २०८२ भाद्र ६ गते दिनको १२:०० बजेभित्र ।
दरभाउपत्र खोल्ने मिति र समय: २०८२ भाद्र ६ गते दिनको १:०० बजे ।
बिवरण अनुसार ।