म्याग्दे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
छाङ्ग, तनहुँ
गण्डकी प्रदेश, नेपाल
ढुङ्गा, गिट्टी, बालुवा, लगायत नदीजन्य पदार्थहरुको लिलाम बिक्रीका लागि विद्युतिय माध्यमबाट बोलपत्र आव्हान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२/०४/१९)
यस म्याग्दे गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८२/०४/०५ गतेको निर्णय वमोजिम तपशिलमा उल्लेखित स्थानहरुमा रहेका ढुङ्गा, गिट्टी, बालुवा, लगायत नदीजन्य पदार्थहरु जे जस्तो अवस्थामा छन सोहि अवस्थामा विद्युतिय माध्यमबाट बोलपत्र आह्वान गरि लिलाम बिक्री गर्नुपर्ने भएकाले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र, ठेक्का प्रक्रियामा भाग लिन अयोग्य नभएको स्वघोषणा र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधीनमा रही वोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:

बोलपत्र फाराम सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक वेवसाईट www.bolpatra.gov.np मार्फत मिति २०६२/०५/१९ गते दिनको १२ बजेसम्म विद्युतीय माध्यमबाट हेर्न र पेश गर्न सकिनेछ । साथै विस्तृत जानकारीको लागि यस कार्यालयको website: https://myagdemun.gov.np/ मा समेत हेर्न र कार्यालय समयभित्र फोन नं. ०६५-४००१०८ मा सम्पर्क गर्न सकिने छ ।
प्रमुख प्रशासकीय अधिकृत