नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग,
बालुवाटार, काठमाडौं
विज्ञापन एजेन्सीहरुलाई दरभाउपत्र पेश गर्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०४/१८)
आ.व. २०८२ / ८३ को लागि यस बैंकको सूचना / विज्ञापनहरु राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा प्रकाशन गराउन नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाचौं संशोधन सहित) को विनियम १८ को उपविनियम (८ बमोजिम सम्पुर्ण इच्छुक विज्ञापन एजेन्सीहरुलाई आफुले प्रदान गर्न सक्ने अधिकतम छुट सहित (प्रतिशतमा) को दरभाउ यस बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, बालुवाटारमा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र देहाय बमोजिमको कागजात सहित पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। तोकिएको कागजातहरु पेश नभएमा वा म्याद नाघी प्राप्त हुन आएका दरभाउ प्रस्ताव उपर कारवाही नगरिने व्यहोरा समेत जानकारी गराइन्छ । अन्य आवश्यक जानकारीको लागि यस बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, खरिद इकाई ( ०१-५७१९६४१, एक्सटेन्सन ११६४ र ११७१) मा सम्पर्क राख्न सकिने छ ।
क. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा अद्यावधिक रुपमा नविकरण गर्नुपर्ने भएमा सो खुल्ने कागजात ।
ख. स्थायी लेखा नम्बर (PAN) वा मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको प्रमाणित प्रतिलिपि।
ग. आ.व. २०८०/८१ को कर चुक्ता गरेको प्रतिलिपि ।
घ. दिइएको कारोवार गर्न प्रचलित कानुनमा कुनै निकायको अनुमति / इजाजत लिनुपर्ने उल्लेख भएको हकमा सो अनुमति प्रमाणपत्रको प्रमाणित कागजातको प्रतिलिपि ।
ङ. सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव प्रतिलिपि
च. तत्काल कार्य गर्न सक्ने, पेशागत कसुर गरे वापत सजाय नपाएको र सार्वजनिक खरिद कार्यका लागि अयोग्य नभएको व्यहोराको स्वघोषणा पत्र |
छ आ.व. २०८१/८२ को लागि सम्बन्धित पत्रपत्रिकाको विज्ञापन एजेन्सी भएको कागजात / सम्झौतापत्र |
ज. कार्यालयलाई आवश्यक पर्दा सहजै सम्पर्क गर्न मिल्ने गरी फर्म / संस्था/ कम्पनीको स्पष्ट ठेगाना, फोन नं., मोबाइल नम्बर, फ्याक्स नम्बर, ईमेल, वेबसाईट आदि खुलाई पेश गरेको हुनुपर्ने ।