Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Aug 03, 2025
Deadline : Sept. 1, 2025, noon
Type : Bolpatra

शिलबन्दी बोलपत्र आह्वान – कार्यालय मसलन्द, स्टेशनरी छपाई तथा इलेक्ट्रोनिक्स सामान खरिद

वीरेन्द्रनगर नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
वीरेन्द्रनगर, सुर्खेत
कर्णाली प्रदेश, नेपाल

कार्यालय मसलन्द, स्टेशनरी छपाई तथा कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी सम्बन्धी ईलेक्ट्रोनिक्स पार्टसको मालसामानको खरिद सम्बन्धी कार्यका लागि शिलबन्दी बोलपत्र आह्वानको सूचना 

प्रथम पटक प्रकाशित सूचना मिति २०८२/०४/१८

यस कार्यालयको लागि आ.व ०८२ / ०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यालय मसलन्द, स्टेशनरी छपाई तथा कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी सम्बन्धी ईलेक्ट्रोनिक्स पार्टसको मालसामानको खरिद गर्न प्रचलित खरिद ऐन तथा नियमावली अनुसार यो शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

१. बोलपत्र दाताले पालना गर्नुपर्ने शर्तहरू शिलबन्दी बोलपत्र फारममा उल्लेख गरिएको छ ।

२. बोलपत्र फारम प्राप्त गर्नका लागि निवेदकले आ.व. ०८१/०८२ का लागि नविकरण गरेको सम्बन्धीत कामको इजाजत प्राप्त फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, नविकरण गरेको व्यवसाय दर्ता प्रमाणपत्र स्थायी लेखा नं. मु.अ.कर दर्ता प्रमाणपत्र तथा आ.व. ०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी बोलपत्र सम्बन्धि कागजातको दस्तुरको लागि यस कार्यालयको आन्तरिक राजश्व खाता नं ४०८०१००३०१०१०००४ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।

३. शिलवन्दी बोलपत्र खरिद कर्ताले आफुले खरिद गरेको शिलवन्दी बोलपत्र फारम भरी यो सूचना प्रकाशन भएको मितिले ३० औं दिन (२०८२/०५/१७) को १२.०० बजे सम्म दर्ता गरी सक्नु पर्नेछ । प्राप्त शिलबन्दी बोलपत्रहरू सोही दिनको २.०० बजे शिलवन्दी बोलपत्र सरकारी कार्यालयका कर्मचारी प्रतिनिधिको रोहवरमा शिलबन्दी बोलपत्र दाता वा निजको प्रतिनिधि कर्मचारीको रोहबरमा खोलिनेछ निजहरूको अनुपस्थितिमा पनि यस कार्यालयले खोल्न सक्नेछ ।

४. बोलपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिनमा सार्वजनिक विदा परेमा लगतै कार्यालय खुल्ने दिन लाई शिलवन्दी बोलपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिन कायम गरिनेछ ।

५. बोलपत्र पेश गर्न चाहने बोलपत्रदाताले बोलपत्र पेश गर्ने दिनवाट ९० दिन म्याद भएको तपशिलको रकम बराबरको विड सेक्युरिटी संलग्न राखि पेश गर्नुपर्नेछ । बिड सेक्युरिटी बराबरको रकम नगदै जम्मा गर्ने बोलपत्रदाताले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कार्यालयको खाता नं.४०८०१००३०३०००००४ मा जम्मा गरि सक्कल भौचर पेश गर्न सक्नेछन ।

६. बोलपत्र दाताले सिलबन्दी बोलपत्र फारम खरिद गरी खामको बाहिर पट्टी कार्यक्रमको नाम लेखी सिलबन्दी गरी पेश गर्नुपर्नेछ ।

७. रित नपुगेको वा तोकिएको म्याद भित्र प्राप्त नभएको सिलबन्दी बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

८. शिलवन्दी बोलपत्र पूरा वा आंशिक रूपमा स्वीकार गर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

९. अन्य कुराहरू सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।

१०. यस सम्बन्धी विस्तृत जानकारीका तथा बोलपत्र सम्बन्धी कागजातका लागि कार्यालय समय भित्र उपस्थित भई यस कार्यालयबाट तथा वेबसाईट [email protected] बाट प्राप्त गर्न सकिनेछ ।

११. उक्त माल सामग्रीहरू मर्मत संभार कार्य र छपाई स्टेशनरी मसलन्द एकमुष्ट खरिद नभई कार्यालयको आवश्यकता अनुसार पटक/पटक गरी आपूर्ति गर्ने र छनौट भएको बोलपत्रदाताले कार्यालयले मौखिक / लिखित जानकारीका आधारमा तोकिएको समय भित्र उपलब्ध गराउनुपर्नेछ । 

१२. यस कार्यालयमा आ.व. ०८२ / ०८३ का लागि सूचिकृत भएका भई फर्म वा सप्लायर्सले बोलपत्र खरिद गर्न सक्नेछन ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE