चौकीदार सप्लाई सम्बन्धी शिलबन्दी दरभाउपत्र आब्हानको सूचना

गण्डकी प्रदेश सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय 
कृषि विकास निर्देशनालय
बागवानी विकास श्रोत केन्द्र
गण्डकी प्रदेश, पोखरा

चौकीदार सप्लाई सम्बन्धी शिलबन्दी दरभाउपत्र आब्हानको सूचना

प्रथम पटक प्रकाशित मिति :- २०८२/०४/१६ गते

यस श्रोत केन्द्रको चालु आ.व. २०८२ / ०८३ को स्वीकृत वजेट तथा कार्यक्रम अनुसार कार्यालयको मेनगेटमा प्रति ८ (आठ) घण्टाको दरले जम्मा २ (दुई) जना चौकिदार राख्नुपर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त ईच्छुक नेपाली संघ संस्था, फर्म, कम्पनीहरुबाट निम्न शर्तहरुको परिधि भित्र रही रित पुर्वकको सिलवन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

तपसिल

१. दरभाउपत्र सम्बन्धी कागजात यो सूचना पहिलो पटक प्रकाशित भएको मिति देखि १५ औ दिनको कार्यालय समय सम्म तपसिलमा उल्लेखित रकम नगद (फिर्ता नहुने गरी) वा राष्ट्रिय वाणिज्य बैंक, पृथ्वीचोक शाखा कार्यालय कोड नं. ३१२०१३९०८४ अनिवार्य उल्लेख गरि राजस्व शीर्षक नं. १४२२९ प्रदेश लेखा नियन्त्रक कार्यालय, कास्कीको खाता नं. १०००१००२०००१०००० ( एकल खाता कोष) मा जम्मा गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्नेछ ।

नवीकरण भएको सम्बन्धित कार्यको ईजाजत प्रमाणपत्र, संस्था दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण-पत्र, श्रमिक आपुर्तिकर्ता ईजाजत पत्रको प्रतिलिपि, कार्य अनुभव पत्रको प्रतिलिपि र आ.व. २०६१/०६२ को आयकर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित निवेदन दिई यसै केन्द्रबाट खरिद गर्न सकिनेछ ।

२. उपरोक्तानुसार खरिद भएका शिलवन्दी दरभाउपत्र फारामहरु यो सूचना प्रकाशित मिति देखि १६ औ दिनको १२:०० बजेसम्म यसै केन्द्रमा दर्ता गराई सक्नुपर्नेछ । रितपूर्वक दर्ता भएका शिलवन्दी दरभाउपत्रहरु १६ औं दिनको २:०० बजे विभिन्न कार्यालयहरुको प्रतिनिधि, उपस्थित दरभाउपत्रदाताहरु तथा निजका प्रतिनिधिको रोहवरमा यसै केन्द्रमा खोलिनेछ । दरभाउपत्रदाताहरु उपस्थित नभएमा पनि शिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन। दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने अन्तिम दिन र खोल्ने दिनमा विदा पर्न गएकोमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको सोही समयमा खरिद गर्न, दर्ता गर्न र खोल्न सकिनेछ ।

३. दरभाउपत्रदाताले दरभाउपत्र साथ धरौटी वापत तपसिलमा उल्लेखित रकम प्रदेश लेखा नियन्त्रक कार्यालय, कास्कीको राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक पोखरा शाखामा रहेको धरौटी खाता नं. ३०२०१००२०२०३०००० मा रकम जम्मा गर्ने भौचरमा यस केन्द्रको कोड नं. ३१२०१३९०८४ अनिवार्य उल्लेख गरी दरभाउपत्रदाताको नाममा रकम दाखिला गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्नेछ ।

४. कालो सूचीमा नपरेको स्वयम घोषणापत्र शिलवन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।

५. दरभाउपत्रदाताले मुल्य अभिवृद्धि कर वाहेकको दररेट अंक र अक्षरमा स्पष्ट भाषामा बुझिने गरी लेखेको हुनुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेको दररेटलाई मान्यता दिईनेछ ।

६. केरमेट भएको ठाउँमा शिलवन्दी दरभाउपत्रदाताको सहीछाप गर्नुपर्नेछ ।

७. दरभाउपत्रदाताले शिलबन्दी खाम बाहिर यस केन्द्रलाई सम्बोधन गरि ठेक्का नं, दरभाउपत्रदाताको नाम, ठेगाना, फोन नं, कार्य विवरण दरभाउपत्रदाताको संस्थाको छाप स्पष्ट रुपमा हुनुपर्नेछ ।

८. कुनै पनि शर्त राखि पेश गरेको, यस सूचनाको शर्त विपरित भएको केन्द्रबाट उपलब्ध गराईएको दरभाउपत्रमा थपघट गरिएको, रित नपुगेको तथा म्याद नाघी पेश हुन आएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

९. एउटा फर्म वा संस्थाको नामबाट खरिद भएको दरभाउपत्र अर्को फर्म वा संस्थाको नामबाट दर्ता गर्न सकिने छैन ।

१०. दरभाउपत्रदाताले पेश गरेको दरभाउपत्र सम्बन्धित कागजातहरु राम्ररी हेरी बुम्ही पेश गरेको मानिनेछ ।

११. दरभाउपत्र स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यसै केन्द्रमा निहीत रहनेछ ।

१२. चौकीदारको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु संम्बन्धित संघ संस्था फर्म, कम्पनीवाट उपलब्ध गराउनु पर्नेछ ।

१३. कार्य ( डियुटी) समय ८ (आठ) घण्टा बराबर १ जना हुनुपर्नेछ भने १६ घण्टा कार्य ( डियुटी) दिनुपर्नेछ ।

१४. दरभाउपत्र सम्बन्धी अन्य कुराहरु प्रचलित कानुनहरु बमोजिम हुनेछ ।

१५. दरभाउपत्र सम्बन्धी अन्य कुराहरु बुझ्नु परेमा यस केन्द्रको फोन नं. ०६१-५७२०२९ मा सम्पर्क गरि बुझ्न सकिनेछ ।

तपसिल

कार्यालय प्रमुख


Search, Apply & Get Job: FREE