माङसेबुङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
ईभाङ, ईलाम,
कोशी प्रदेश, नेपाल
आ.व २०८२/०८३ को आन्तरिक आयको ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना
( सूचना प्रकाशित मितिः २०८२/०४/१५गते)
स्थानिय सरकार सञ्चालन ऐन २०७४ तथा माङसेबुङ गाउँपालिकाको आर्थिक ऐन २०८२ ( सभावाट पारित ) वमोजिम माङसेबुङ गाउँपालिका, ईलामको क्षेत्राधिकार भित्र पर्ने देहायका शिर्षकहरुमा आ.व. २०८२ / ०८३ का लागि बढाबढमा ठेका वन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ती, फर्म वा कम्पनीहरुबाट आफ्नो फर्मको नविकरण भएको प्रमाण-पत्र, प्यान दर्ता / मुल्यअभिवृद्धि कर दर्ता प्रमाण पत्र तथा आर्थिक वर्ष ०८० / ०८१ को कर चुक्ताको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तथा उक्त कार्य गर्न योग्य भएको स्व घोषणा पत्र संलग्न गरी बोलपत्र फाराममा रहेका सर्तहरुको अधिनमा रहि रितपुर्वक Electronic Bid मार्फतको बोलपत्र पेश गर्नको लागि सुचना आह्वान गरिन्छ । साथै थप जानकारीका लागि यस माङसेबुङ गाउँपालिका गाउँ कार्यमालिकाको कार्यालय ईभाङ वा PPMO को वेवसाईट www.bolpatra.gov.np/egp बाट लिन सकिने छ । साथै ठेक्का संचालन सम्झौता भएको मिति देखि २०८३ असार मसान्त सम्म कायम रहने छ ।

प्रमुख प्रशासकिय अधिकृत