मण्डनदेउपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
महादेवस्थान, काभ्रे
फोन नं. ०११४१२११३
कोटेशन आव्हान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२ / ०४ / १५ )
यस नगरपालिकाबाट आ.व. २०८२ / ०८३ का लागि बजेट विनियोजन गरेको तपसिलको खरिद लागि प्रस्ताव आव्हान गरिएको छ । प्रस्ताव पेस गर्दा कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र, आ.व. २०८१ / ०८२ को कर चुक्ता प्रमाण पत्र, व्यवसाय दर्ता प्रमाण पत्र तथा यस कार्यालयमा सूचीकृत भएको सूचीदर्ता प्रमाण सहित प्रथम पटक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र शिलबन्दी प्रस्ताव पेस गर्न यो सूचना प्रकाशित गरिएको छ । प्रमाणित BOQ र Specification नगरपालिकाको वेबसाइट www.mandandeupurmun.gov.np बाट Download गर्न सकिने छ ।
