राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान
खुमलटार, ललितपुरको
बस भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
सूचना प्रकाशते भएको मिति : २०८२/०४/१५
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेका खुमलटार, ललितपुरस्थित कार्यालयका कर्मचारीहरुका लागि कार्यालयमा ल्याउन रुट ब्यासी - कमलविनायक - सुर्यविनायक-कौशलटार-बालकोट-लुभु-ग्वार्को–खुमलटार र सोही रुटबाट फर्कन आवश्यक पर्ने बस सेवा भाडामा लिनु पर्ने भएकोले उल्लिखित कार्य गर्न इच्छुक योग्य आपूर्तिकर्ताबाट रितपुर्बकको सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । दरभाउपत्रदाताहरुले दरभाउपत्र मिति २०८२/०४/२९ गते कार्यालय समयभित्र खरिद गर्नुपर्नेछ र मिति २०८२ / ०४ / ३० गते दिनको १२:०० बजेसम्म पेश गर्नुपर्नेछ । अन्य बिस्तृत जानकारी कार्यालको सूचना पाटीमा टाँस गरिएको छ ।