Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : Jul 30, 2025
Deadline : Aug. 15, 2025, noon

‘क’ वर्गको राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन सेवाका लागि सिलबन्दी प्रस्ताव आव्हान

रामेछाप नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
रामेछाप बजार, रामेछाप, बागमती प्रदेश, नेपाल

राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन कार्यका लागि सिलबन्दी प्रस्ताव आह्वानको सूचना ।

(प्रथम पटक प्रकाशित मिति : २०८२/०४/१४)

यस रामेछाप नगरपालिकाको कार्यालयबाट चालू आर्थिक वर्ष २०८२/०८३ मा सार्वजनिक खरिद तथा बोलपत्र आह्वान गर्दा प्रकाशित गरिने सूचनाहरू न्यूनतम दररेटमा 'क' वर्गको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने भएकोले सो कार्यका लागि अनुमति प्राप्त इच्छुक फर्म, कम्पनी तथा विज्ञापन एजेन्सीहरूले सूचना प्रकाशनको स्वीकृत दररेटमा छुट सहितको दररेट संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ औँ दिनको कार्यालय | समयभित्र आवश्यक कागजपत्र समेत संलग्न गरी सिलबन्दी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । 

शर्तहरू :

१. सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कुन कुन राष्ट्रिय दैनिक पत्रिकामा के-कति छुटमा सूचना प्रकाशन गर्न सकिने हो ? सो उल्लेख गरी सिलबन्दी प्रस्ताव पत्र पेश गर्नुपर्नेछ ।

२. प्रस्ताव पत्र पेश गर्दा चालू आर्थिक वर्षको नवीकरण गरिएको फर्म दर्ता प्रमाणपत्र, आ.व. २०८०/०८१ सम्मको करचुक्ता प्रतिलिपि संलग्न गरी प्रस्ताव पत्र पेश गर्नुपर्नेछ ।

३. प्रस्तावमा उल्लिखित राष्ट्रिय दैनिकको भित्री पृष्ठमा प्रकाशित हुने सूचना प्रति सी.सी. बढी छुटमा प्रकाशित गर्ने फर्म, कम्पनी तथा विज्ञापन एजेन्सीको प्रस्ताव छनोट गरिनेछ ।

४. प्रत्येक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दा लाग्ने प्रति सी.सी. रकम छुट सहित भिन्दाभिन्दै उल्लेख गरी सिलबन्दी प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

५. सिलबन्दी प्रस्ताव पेश गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको सहीछाप नभएको, एउटाको नाममा खरिद गरी अर्काको नाममा दर्ता गरेको र कुनै पनि शर्त राखी पेश भएको प्रस्ताव मान्य हुनेछैन ।

६. रीतपूर्वक दर्ता भएका प्रस्तावहरू सूचना प्रकाशन भएको मितिले १६ औँ दिन दिनको २:०० बजे प्रस्तावक वा निजको प्रतिनिधिको रोहबरमा यस कार्यालयमा खोलिनेछ । प्रस्तावक वा निजको प्रतिनिधि उपस्थित नभए पनि प्रस्ताव खोल्न बाधा पर्नेछैन । प्रस्ताव दर्ता तथा प्रस्ताव खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।

७. प्रस्ताव पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।

८. प्रस्ताव पत्रको प्रत्येक पानामा प्रस्तावकको आधिकारिक व्यक्तिको सही र छाप अनिवार्य रूपमा लागेको हुनुपर्नेछ । 

९. यस सूचनामा उल्लेख भएकोमा यसै अनुसार र अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

प्रमुख प्रशासकीय अधिकत


Search, Apply & Get Job: FREE