त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँ ।
सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना
गोरखापत्रमा प्रकाशित मिति: २०८२।०४।१४
यस अस्पतालका लागि आवश्यक पर्ने Clothes & Blanket Related Goods (NCB/ TUTHP2/GOODS/04/082-083) खरिद गर्नका लागि विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौंको चल्ती हिसाब नं. (खाता नं. ००२००५५३६५००१८) मा रकम रु. ३,०००।- जम्मा गरी (फिर्ता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।
