नेपाल सरकार
अर्थ मन्त्रालय
सिंहदरबार, काठमाडौं
स्टेशनरी तथा कार्यालयको मसलन्द सामग्री खरिदको लागि विद्युतीय बोलपत्र (E Bidding) आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८२।०४।१४)
१. नेपाल सरकार, अर्थ मन्त्रालयले तपसिलमा उल्लिखित कार्यालय सामान खरिदका लागि योग्य बोलपत्रदाताहरूबाट राष्ट्रियस्तरको खुल्ला बोलपत्र प्रक्रिया अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को लागि बोलपत्र आह्वान गर्दछ ।
२. योग्य बोलपत्रदाताहरूले नेपाल सरकार, अर्थ मन्त्रालय, सिंहदरबारबाट वा सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP प्रणालीको www.bolpatra.gov.np/egp बाट यस बोलपत्र सम्वन्धमा थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
३. बोलपत्र सम्बन्धी कागजात बापतको दस्तुर तल उल्लिखित बैंक सम्बन्धी विवरणमा दाखिला गरेको भौचर स्क्यान गरी (pdf format) e-GP पोर्टलमा अपलोड गरी बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP पोर्टल http://www.bolpatra.gov.np/egp बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
बोलपत्र सम्बन्धी कागजात वापतको दस्तुर दाखिला गर्ने बैंकको विवरणः
बैंकको नामः राष्ट्रिय वाणिज्य बैंक लि., सिंहदरवार ।
कार्यालयको नामः अर्थ मन्त्रालय
कार्यालय कोड नं.: ३०५००३५०१
कार्यालयको खाता नं.: १०००१००२०००१००००
राजस्व संकेत नं.: १४२२९
४. बोलपत्रदाताहरूले बोलपत्रहरू विद्युतीय रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP पोर्टल http://www.bolpatra.gov.np/egp मार्फत प्रथम पटक सूचना प्रकाशन भएको मितिले ३१ (एकतीस ) औं दिनको १२:०० बजेसम्ममा पेश गर्नुपर्नेछ। उल्लिखित मिति र सम पछि प्राप्त कागजातहरू स्वीकार गरिने छैन ।
५. तोकिएको समय भित्र प्राप्त हुन आएका विद्युतीय बोलपत्रहरू उपस्थित हुन चाहने बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा सोही दिन दिनको २:०० बजे अर्थ मन्त्रालय, सिंहदरबारमा खोलिने छ ।
६. बोलपत्र जमानत वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय भुक्तानी केन्द्र ४, सिंहदरबारको राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार स्थित धरौटी खाता नम्बर १९६०१००१०२०३०००० कार्यालय कोड नम्बर ३०५००३५०१ मा जम्मा गरेको सक्कल भौचर (दोश्रो प्रति) वा मान्यता प्राप्त वाणिज्य बैंकहरूबाट अर्थ मन्त्रालयको नाममा जारी भएको बोलपत्र जमानत पत्र पेश गर्नु पर्नेछ र त्यस्तो बोलपत्र जमानतको मान्य हुने अवधि बोलपत्र मान्य हुने अवधि भन्दा कम्तिमा पनि ३० (तीस) दिन बढी हुनु पर्नेछ ।
७. बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको सोहि समयमा बोलपत्र पेश गर्ने र खोल्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अवस्थामा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधि भने साविककै मितिदेखि गणना गरिने छ ।
८. कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस मन्त्रालयमा निहित रहने छ।
९. यो सूचना र बोलपत्र सम्बन्धी कागजातमा स्पष्ट नभएका विषयहरू प्रचलित कानून तथा सार्वजानिक खरिद ऐन, २०६३ र सार्वजानिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ ।
१०.यो सूचना यस मन्त्रालयको website: www.mof.gov.np मा समेत उपलब्ध छ ।