नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
घारीपाटन, पोखरा
शिलबन्दी बोलपत्र आह्वानको सूचना)
दोस्रो पटक प्रकाशित मिति: २०८२/०४/१४
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका लागि आवश्यक निम्न उपकरण खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त आपूर्तिकर्ताहरुले शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
विस्तृत विवरणसहितको बोलपत्र फाराम तोकिएको शुल्क (फिर्ता नहुने) तिरी अस्पताल प्रशासनबाट प्राप्त गर्न सकिनेछ । यसरी खरिद गरिएको बोलपत्र फारम भरी बोलपत्र फारममा उल्लेख भए बमोजिम फर्म / कम्पनीसँग सम्बन्धित कागजातहरु संलग्न राखी निर्धारित मिति र समय सम्म अस्पताल प्रशासन शाखामा दर्ता गराई सक्नु पर्नेछ । प्राप्त बोलपत्रहरु निर्धारित मिति र समयमा निवेदक वा निजको प्रतिनिधिहरुको उपस्थितिमा खोलिनेछ वा उपस्थिति नरहेमा पनि खोल्न बाधा पर्नेछैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सर्वाधिकार अस्पतालमा निहित रहनेछ ।

थप जानकारीको लागि
नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
फोन नं. : ०६१-४५०४५८, ४५११६८
Email: [email protected]