विभिन्न प्रकारका कार्यालय सामग्रीहरूको आपूर्ति तथा डेलिभरीका लागि सिलबन्दी दरभाउपत्र आह्वान

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय 
सिंहदरबार, काठमाण्डौ ।

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

पत्रिकामा प्रकाशित मिति :- २०८२/०४/१३

आ.ब.२०८२ / ०८३ मा यस मन्त्रालयको लागि आवश्यक मसलन्द तथा कार्यालय सामान सिलबन्दी दरभाउपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने भएकोले फर्म/कम्पनी वा संस्था दर्ताको प्रमाणपत्र, सम्बन्धित काम गर्न प्राप्त ईजाजत पत्र, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०८०/०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित इच्छुक फर्म/कम्पनी वा संस्थाले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारमा | रहेको राजश्व खाता नं. १०००१००२०००१०००० मा रु.१,०००/- (अक्षरेपि एक हजार मात्र) दाखिला गरी मन्त्रालयबाट यो सूचना प्रकाशन भएको मितिले १५ औं दिनको कार्यालय समयभित्र फाराम खरीद गरी १६ औं दिनको १२:०० बजेभित्र दरभाउपत्र फारम दाखिला गर्नु पर्नेछ । दर्ता हुन आएका दरभाउपत्रहरु १६औं दिनको २:०० बजे खोलिने छ । दरभाउपत्र खरिद गर्ने र दर्ता गर्ने दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै पछिको कार्यालय खुलेको दिन खरिद तथा दर्ता गर्न सकिने छ । दरभाउपत्र सम्बन्धी विस्तृत विवरण सहितको सूचना यस मन्त्रालयको वेवसाईट https://molcpa.gov.np/ मा हेर्न सकिने छ । थप जानकारी लिन चाहेमा मन्त्रालयको फोन नम्बर ०१-४२००५७५ मा सम्पर्क गर्न सकिने छ ।


Search, Apply & Get Job: FREE