परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
थापाथली, काठमाडौ
( फोन नं. ०१-५३६०२३१)
सिलबन्दी प्रस्ताव आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२।०४।१३ )
यस परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथली, काठमाडौंको केहि रकम मुद्दती खातामा राख्नुपर्ने भएकोले इच्छुक "क" वर्गका वाणिज्य बैंकहरुले के-कति ब्याज दरमा राख्ने हो, यो सूचना प्रकाशित भएको मितिले ७ औं दिनको (२०८२।०४।१९ गते दिउसो १२:०० बजे भित्र बैंकको संक्षिप्त प्रोफाइलसहित सिलबन्दी प्रस्ताव पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । म्यादभित्र पेश भएका सिलबन्दी प्रस्तावहरु सोहि दिन दिनको २:०० बजे प्रस्तावदाता वा निजको प्रतिनिधीको उपस्थितीमा खोलिने छ । निजको उपस्थिती नभएमा प्रस्ताव खोल्न बाधा पर्ने छैन । प्रस्ताव दर्ता तथा खोल्ने दिन बिदा परेमा उक्त कार्य सोको भोलिपल्ट गरिनेछ ।